६ श्रावण २०८३, बुधबार
,
Latest
मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि अनिवार्य इजाजत लिनुपर्ने



अ+ अ-

काठमाडाैँ । पर्यटन विभागले साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि इजाजतपत्र लिन आग्रह गरेको छ । विभागका सूचना अधिकारी हिमाल गौतमले आज एक विज्ञप्ति जारी गरी बञ्जी जम्पिङ, स्वीङ, क्यानोनिङ, स्काई डाइभिङ, जिपलाइन, जिपकोस्टर, जेटस्की, मोटरबोटलगायतका साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालन गर्न अनिवार्य दर्ता गरी इजाजत लिन आग्रह गरेका छन् ।

विभागले देशका विभिन्न स्थानमा बिनाअनुमति सञ्चालन भइरहेका साहसिक तथा मनोरञ्जनात्मक खेललाई कानुनी दायरामा ल्याउन यस्तो व्यवस्था गर्न लागेको हो । सूचना अधिकारी गौतमले इजाजत नलिई यस्ता खेल सञ्चालन नगर्न र सञ्चालनमा रहेकालाई ३० दिनभित्र अनुमति लिन आग्रह गरे।

पर्यटन ऐन, २०३५ र पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० अनुसार साहसिक तथा मनोरञ्जनात्मक पर्यटनसँग सम्बन्धित संस्था वा कम्पनीले विभागबाट अनिवार्य रूपमा इजाजत लिनुपर्ने प्रावधान छ । हाल मुलुकका विभिन्न ठाउँमा अनुमति नलिई र सुरक्षा मापदण्डको समेत पालना नगरी यस्ता गतिविधि सञ्चालन भइरहेको गुनासो आएपछि विभागले उक्त सूचना जारी गरेको हो ।

“सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी सुरक्षा मापदण्डको पूर्ण पालना गरेर मात्र यस्ता खेल सञ्चालन गर्नुपर्छ, सुरक्षा मापदण्डको विश्लेषण नै नगरी आफूखुसी इजाजतबिना खेल गतिविधि सञ्चालन गर्नु कानुनविपरीत कार्य हो”, विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।




भर्खरै