१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैकल्पिक सडक निर्माण शुरु



अ+ अ-

हेटौंडा । राप्ती खोलाले कटान गरेर बगर बनाएको हेटौंडा–१ चौकीटोलको तिरतिरे धाराबाट राप्तीपुलसम्मको क्षेत्रमा प्रदेश सरकारले ‘ड्याम’ निर्माण कार्य प्रारम्भ गरेको छ । भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा हेटौंडा–१ चौकी टोलबाट हेटौंडा १५ को रातोमाटेसम्म वस्ती सुरक्षाको लागि मजबुद ड्याम र फराकिलो सडक निर्माण गर्ने अभियानअन्तर्गत यो आर्थिक वर्ष तिरतिरे धाराबाट साढे दुई किलोमिटर लम्बाई र ५० मिटर फराकिलो सडक निर्माण कार्य शुरु गरिएको हो ।

बलियो ड्यामकसेर ड्याममाथि बाटो र केही स्थानमा मनोरम पार्कसमेत निर्माण गरिने योजना रहेको मुख्यमन्त्री पौडेलले जानकारी दिए । मुख्यमन्त्री पौडेलका अनुसार ड्याम बनाएर हेटौंडा अस्पतालको क्षेत्रफलसमेत बढाइने छ । सडकको सम्पूर्ण भागको निर्माण सम्पन्न भएपछि मुख्यमार्गको रुपमा यही सडकलाई प्रयोग गर्न सकिने उनको भनाइ छ । हेटौंडा बजार भित्रको सवारी चाप कम गर्न पनि यो सडकले सहयोग गर्ने उनको तर्क छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु १३ करोड लगानीमा बाटो निर्माण कार्य शुरु गरिएको हो । सडक निर्माणका लागि मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय चितवनले बोलपत्रमार्फत सडक निर्माण थालेको हो । समयमै काम सकिने गरी धमाधम काम भइरहेको निर्माणको जिम्मा पाएको गजुरमुखी शिवशक्ति निशान जेभीले जनाएको छ । काम समयमै सम्पन्न गर्न मेसिन र जनशक्ति बढाएर काम भइरहेको कम्पनीले जानकारी दिएको छ ।