१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

वैकल्पिक सडक निर्माण शुरु

वैकल्पिक सडक निर्माण शुरु
अ अ+ अ-

हेटौंडा । राप्ती खोलाले कटान गरेर बगर बनाएको हेटौंडा–१ चौकीटोलको तिरतिरे धाराबाट राप्तीपुलसम्मको क्षेत्रमा प्रदेश सरकारले ‘ड्याम’ निर्माण कार्य प्रारम्भ गरेको छ । भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा हेटौंडा–१ चौकी टोलबाट हेटौंडा १५ को रातोमाटेसम्म वस्ती सुरक्षाको लागि मजबुद ड्याम र फराकिलो सडक निर्माण गर्ने अभियानअन्तर्गत यो आर्थिक वर्ष तिरतिरे धाराबाट साढे दुई किलोमिटर लम्बाई र ५० मिटर फराकिलो सडक निर्माण कार्य शुरु गरिएको हो ।

बलियो ड्यामकसेर ड्याममाथि बाटो र केही स्थानमा मनोरम पार्कसमेत निर्माण गरिने योजना रहेको मुख्यमन्त्री पौडेलले जानकारी दिए । मुख्यमन्त्री पौडेलका अनुसार ड्याम बनाएर हेटौंडा अस्पतालको क्षेत्रफलसमेत बढाइने छ । सडकको सम्पूर्ण भागको निर्माण सम्पन्न भएपछि मुख्यमार्गको रुपमा यही सडकलाई प्रयोग गर्न सकिने उनको भनाइ छ । हेटौंडा बजार भित्रको सवारी चाप कम गर्न पनि यो सडकले सहयोग गर्ने उनको तर्क छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु १३ करोड लगानीमा बाटो निर्माण कार्य शुरु गरिएको हो । सडक निर्माणका लागि मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय चितवनले बोलपत्रमार्फत सडक निर्माण थालेको हो । समयमै काम सकिने गरी धमाधम काम भइरहेको निर्माणको जिम्मा पाएको गजुरमुखी शिवशक्ति निशान जेभीले जनाएको छ । काम समयमै सम्पन्न गर्न मेसिन र जनशक्ति बढाएर काम भइरहेको कम्पनीले जानकारी दिएको छ ।