२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेखर गोल्छा बीमा सम्बन्धी कसुरमा पुन: पक्राउ



अ+ अ-

काठमाडौँ — व्यवसायी शेखर गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पुन: पक्राउ गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा धितोपत्र सम्बन्धी कसुरमा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएलगत्तै पुन: पक्राउ परेका हुन् ।

सर्वोच्च अदालतको परमादेशपछि थुनामुक्त भएका गोल्छालाई सीआईबीले हिरासतबाट बाहिर निस्कन नपाउँदै बीमा सम्बन्धी अर्को कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले सोमबार उनलाई धरौटीमा छाड्न आदेश दिए पनि राति उनी पक्राउ परेका हुन् ।

हिमालय रिइन्स्योरेन्स लिमिटेडका पूर्वअध्यक्ष गोल्छालाई सीआईबीले १० वैशाखमा काठमाडौंको नक्सालबाट पक्राउ गरेको थियो ।

सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठले उनीविरुद्ध दुई फरकफरक मुद्दामा अनुसन्धान भइरहेकाले नियन्त्रणमै राखिएको जानकारी दिनुभयो ।