५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु



अ+ अ-

काठमाडौँ। नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी निकाय, राष्ट्रिय तथा नेपालस्थित अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको सहभागितामा अभ्यास हातेमालोको आठौँ संस्करण आजदेखि सैनिक मुख्यालय जङगी अड्डामा सुरु भएको छ ।

विपद् व्यवस्थापनसम्बन्धी भइरहेका गतिविधिहरूको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि एवं सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यका अभ्यास हातेमालो सुरु गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशानालयले जनाएको छ ।

नेपाली सेना युद्धकार्य महानिर्देशक उपरथी अनुपजङ्ग थापाले शुभारम्भ गर्नुभएको उक्त अभ्यास मनसुनको समयमा हुन सक्ने सम्भावित बाढी र पहिरोको परिदृश्यमा आधारित रही तीन दिनसम्म सञ्चालन हुनेछ ।

सोही किसिमको कार्यक्रम क्रमिक रूपमा प्रादेशिक र जिल्ला स्तरसम्म सञ्चालन गर्ने योजना रहेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको समन्वय र गृह मन्त्रालयको सहयोगमा नेपाली सेनाले आर्थिक वर्ष २०७५/७६ मा अभ्यास हातेमालो–१ प्रदेश तहमा सञ्चालन गरेको थियो । त्यसपछि जङ्गी अड्डामा वार्षिक रूपमा यो अभ्यास सञ्चालन हुँदै आएको छ ।

कार्यक्रममा रथीवृन्द, विभिन्न मन्त्रालय, गैरसरकारी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकाय, अन्य सुरक्षा निकायका प्रतिनिधिहरु र नेपाली सेनाका अधिकृतहरुको उपस्थिति रहेको रहेको निर्देशनालयले जनाएको छ । रासस