६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय राजनीति दुई पोलमा ध्रुवीकरण हुनु दुर्भाग्य: ईश्वर पोखरेल



अ+ अ-

काठमाडौं ।नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भएको दाबी गर्नुभएको छ । 

शनिवार काठमाडौंको विश्वशान्ति चिरन मिलन क्याम्पसको रजत जयन्तीको अवसरमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताउनु भएको हो । उहाँले राष्ट्रिय राजनीति दुई पोलमा ध्रुवीकरण हुनु दुर्भाग्य भएको बताउनु भयो । वरिष्ठ उपाध्यक्ष पोखरलले नेकपा एमालेले एउटा ध्रुवको राजनीति जनताको साथ लिएर जनताको हकहितका लागि गरेको र अर्को ध्रुवको राजनीति गठबन्धनले आफ्नो स्वार्थपूर्तिका लागि गरिरहेको बताउनु भयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘राष्ट्रिय राजनीतिमा जुन खालका समस्याहरु देखा परेका छन्, यो राष्ट्रिय राजनीति नेशनल पोलिटिक्सको दुई वटा पोलमा परिणत भएको छ । यो दुर्भाग्य भन्नुहोस्, बिडम्बना भन्नुहोस्, दुई वटा पोलमा पोलराइज भएको छ । एउटा पोलको लिड नेकपा एमालेले गरेको छ । त्यसले निश्चित एजेण्डाहरु, पोलिटिकल्स स्टाब्लिटीको कुरा, आर्थिक विकास र समृद्धिको कुरा, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा, सामाजिक सद्भावको कुरादेश बनाउने सपनाहरुलाई जागृत गर्ने कुरा गरेको छ ।

नेकपा एमालेले । यो पार्टी प्रचारका लागि होइन, यथार्थ हो । अर्को पोल गठबन्धनको पोल छ । यो गठबन्धनको बारेमा मैले केही भन्नु पर्दैन । गठबन्धनमा आवद्ध भएका विभिन्न नेता साथीहरुले प्रतिक्रिया व्यक्त गर्दै हुनुहुन्छ । त्यसलाई हेरे पुग्छ । आज राजनीतिभित्र जस्तो खालको विकृति, विसंगति देखा परेको छ । राजनीति क्षेत्रमा देखिएका विकृति, विसंगतिमाथि सबैले खबरदारी गर्नुपर्ने देखिएको छ । राजनीति बिग्रियो भने सबै कुरा बिग्रिन्छ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिमा देखिएका विकृति र विसंगतिलाई चिर्न सबैले खबरदारी गर्नुपर्ने बताउनु भयो ।