२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ ।

शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले धरौटी वा जमानतमा छाड्न नसकेमा मात्रै थुनामा राख्न आदेश दिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गोल्छालाई गत ११ वैशाखमा पक्राउ गरेको थियो ।

उनी गत ११ वैशाखमा पक्राउ परेका थिए । नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्न भन्दै उनलाई नेपाल प्रहरकिो केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको थियो ।