५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार महिला उद्यमीको आर्थिक विकास गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की



कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेपाल उद्योग परिसङ्घ कोशीद्वारा सोमबार विराटनगरमा आयोजित महिला नेतृत्व शिखर सम्मेलनको मन्तव्य गर्नुहुँदै । तस्बिर : मनोज दाहाल /रासस
अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका महिला उद्यामीहरुको आर्थिक विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल उद्योग परिसङ्घद्वारा आज विराटनगरमा आयोजित महिला नेतृत्व शिखर सम्मेलनको उद्घाटन गर्दै उहाँले महिला उद्यमीलाई प्रदेश सरकारले दुईदेखि छ वर्षसम्म ब्याज अनुदानमा १२ बैंकमार्फत छ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने व्यवस्था गराएको जानकारी दिनुभयो ।

उहाँले प्रदेश सरकारले नीति तथा कार्यक्रम एवं बजेट बनाउनु अघि महिला उद्यमीहरुले आफ्नो योजना ल्याएर सम्झौता गर्न आग्रह गर्नुभयो । मुख्यमन्त्री कार्कीले प्रदेशमा दर्ता भएका घरेलु कपडा उद्यमीहरुको प्रवर्द्धन गर्न प्रदेश सरकारअन्तर्गत चार हजार कर्मचारीहरुले हप्तामा एक दिन घरेलु कपडा लगाउनुपर्ने बताउनुभयो ।

उहाँले व्यापारीहरुले प्रदर्शनीस्थलका लागि जग्गा उपलब्ध गराएमा प्रदेश सरकारले भवन निर्माणका लागि बजेट विनियोजन गर्ने जानकारी दिनुभयो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले गत वर्ष आयोजना गरेको लगानी सम्मेलनमा सम्झौता भएका एक दर्जन परियोजना र जेठ महिनाभित्र थप चार वटा परियोजना कार्यान्वयनमा आउने बताउनुभयो ।

उहाँले किसानका कृषि उत्पादनलाई बजारमा जोड्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । परिसङ्घका केन्द्रीय अध्यक्ष वीरेन्द्रराज पाण्डे, महिला उद्यमी एवं सांसद विदूषी राणा, पवल गोल्याण लगायतले आगामी दिनमा एक हजार महिलालाई रोजगारी उपलब्ध गराउने बताउनुभयो ।

सम्मेलनमा प्रदेशका ३०० महिलाको सहभागिता रहेको छ । परिसङ्घले मेक इन नेपालको १४ स्टलमा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी गरिएको छ । सम्मेलनले महिलालाई कृषि, सीप, सिर्जनशिलता र डिजिटल नवप्रवर्द्धनमार्फत दिगो समृद्धि ल्याउनु सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।  रासस