काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेन्जी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारी साधनको नाममा इन्धन दुरुपयोग गरिएको भन्ने विषयमा सार्वजनिक भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयका अनुसार उक्त विषयको सत्यतथ्य छानबिन गर्न २०८३ वैशाख १५ गते सहसचिवस्तरको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। समितिले जलेका सवारी साधनसम्बन्धी प्रहरी मुचुल्का, इन्धनसम्बन्धी अभिलेख (अर्धकट्टी), भुक्तानी विवरण लगायतका कागजातहरूको अध्ययन तथा विश्लेषण गरेको थियो।
सो अध्ययनपछि जलेका सवारी साधनको नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले अपुष्ट तथा भ्रम फैलाउने सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गरेको छ। साथै, मन्त्रालयले आफू सदैव पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै तथ्यमा आधारित सूचना मात्रै प्रवाह गर्न आग्रह गरेको छ।
न्यूजपोलार
२१ बैशाख २०८३, सोमबार १४:५८
न्यूजपोलार
२१ बैशाख २०८३, सोमबार १४:५८
२१ बैशाख २०८३, सोमबार १४:५८










