१२ श्रावण २०८३, मंगलवार
,
Latest
कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोक्यो ट्रायलको ऐतिहासिक महत्वलाई विश्वले भुल्नु हुँदैनः अष्ट्रेलियाली राजनीतिज्ञ रोबर्ट बारविक



अ+ अ-

काठमाडौँ। टोक्यो ट्रायल (टोक्यो न्यायिक सुनुवाइ) शुरु भएको ८० औं वर्ष पुगेको अवसरमा अष्ट्रेलियाली सिटिजन्स पार्टीका राष्ट्रिय अध्यक्ष रोबर्ट बारविकले यसको ऐतिहासिक महत्व र न्यायको गरिमालाई विश्व समुदायले स्मरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्था र मानवताको रक्षाका लागि यो ट्रायल एक कोशेढुङ्गा भएको उहाँको भनाइ छ ।

सन् १९४६ मे ३ देखि १९४८ नोभेम्बर १२ सम्म चलेको ‘इन्टरनेसनल मिलिटरी ट्रिब्युनल फर द फार इस्ट’ (टोक्यो ट्रायल) ले दोस्रो विश्वयुद्धका क्रममा ‘क्लास–ए’ श्रेणीका जापानी युद्ध अपराधीहरूमाथि सुनुवाइ गरेको थियो ।

बारविककाअनुसार यो ट्रायल युद्ध अपराधका दोषीहरूलाई न्यायको कठघरामा उभ्याउने प्रयास भएपनि यसको नतिजा भने पूर्ण रूपमा सन्तोषजनक हुन सकेन ।

विशेषतः टोक्यो ट्रायलबाट दोषी ठहरिएका १४ जना ‘क्लास–ए’ युद्ध अपराधीहरूलाई जापानी सैन्यवादको प्रतीक मानिने ‘यासुकुनी मन्दिर’ मा सम्मानपूर्वक राखिएको विषयमा उनले गम्भीर चिन्ता व्यक्त गर्नुभयो ।

हालै जापानी प्रधानमन्त्री सानाए ताकाइची र अन्य सांसदहरूले उक्त विवादित मन्दिरमा पुजा सामग्री पठाउनु र भ्रमण गर्नुलाई उहाँले दुर्भाग्यपूर्ण कदम भन्नुभएको छ।

टोक्यो ट्रायलको ८० औं वार्षिकोत्सव नजिकिँदै गर्दा बारविकले विश्व समुदायलाई इतिहासको सही अध्ययन गर्न र वर्तमानमा फैलाइएका भ्रमपूर्ण प्रचारहरूबाट सतर्क रहन आग्रह गर्नुभयो । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल