२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

हर्मज जलडमरूमध्यमा रोकिएका जहाज बाहिर निकाल्न अमेरिकाले ‘प्रोजेक्ट फ्रीडम’ शुरु गर्ने



अ+ अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार बिहानदेखि हर्मज जलडमरूमध्यमा रोकिएका व्यापारिक जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने कार्य शुरु गरिने घोषणा गर्नुभएको छ ।

ट्रम्पले यस अभियानलाई ‘प्रोजेक्ट फ्रीडम’ नाम दिँदै यसलाई एक ‘मानवीय पहल’ का रूपमा व्याख्या गर्नुभएको छ । सामाजिक सञ्जाल ‘’ट्रुथ सोसल’ मार्फत जानकारी दिँदै उहाँले मध्यपूर्वको वर्तमान विवादमा संलग्न नभएका विभिन्न मुलुकहरूले आफ्ना जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिकासँग सहयोग मागेको उल्लेख गर्नुभएको छ ।

ट्रम्पकाअनुसार जलडमरूमध्यमा रोकिएका धेरैजसो जहाजहरूमा खाद्य सामग्री र चालक दलका सदस्यहरूका लागि आवश्यक आधारभूत सामग्रीको अभाव हुन थालेको छ ।

इरान, मध्यपूर्व र संयुक्त राज्य अमेरिकाको हितलाई ध्यानमा राख्दै ती जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकालिने र उनीहरूलाई पुनः आफ्नो व्यापारिक गतिविधिमा फर्कन सघाउ पु¥याइने उहाँले बताउनु भयो ।

यसका साथै राष्ट्रपति ट्रम्पले यस मानवीय प्रक्रियामा कुनै पनि प्रकारको अवरोध सिर्जना गरिए त्यसको सशक्त प्रतिवाद गरिने कडा चेतावनी समेत दिनुभएको छ ।

ट्रम्पको यो घोषणा यस्तो समयमा आएको छ, जब इरानले आफ्नो १४ बुँदे शान्ति प्रस्तावमाथि अमेरिकाको तर्फबाट प्राप्त प्रतिक्रियाको समीक्षा गरिरहेको जनाएको छ । यद्यपि, राष्ट्रपति ट्रम्पले शनिबार उक्त प्रश्ताव स्वीकार्य हुने सम्भावना न्युन रहेको टिप्पणी गर्नुभएको थियो ।

उता इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले इरानको प्रस्ताव विशेष रूपमा युद्ध अन्त्य गर्ने विषयमा मात्र केन्द्रित रहेको र यसमा आणविक क्षेत्रसँग सम्बन्धित कुनैपनि विषय समावेश नरहेको स्पष्ट पार्नुभएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल