२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला गोल्डकप फुटबलको उपाधि पुलिस क्लबलाई



अ+ अ-

कास्की। पोखरामा सञ्चालन भएको पहिलो संस्करणको महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्बलाई ‘पेनाल्टी सुटआउट’मा ५-४ गोलले पराजित गर्दै पुलिस ‘च्याम्पियन’ बन्न सफल भएको हो ।

उपाधि विजेता पुलिसले रु पाँच लाखसहित ट्रफी पुरस्कार पाउँदा उपविजेता आर्मीले रु तीन लाखमा चित्त बुझायो । पेनाल्टीमा पुलिसका लागि रेखा पौडेल, समीक्षा घिमिरे, पूजा राना, सविना चौधरी र वर्षा चौधरीले गोल गर्दा गोलरक्षक उषा चौधरीको पेनाल्टी आर्मीकी गोलरक्षक कोपिला खड्काले रोकिन् ।

आर्मीका लागि अनिता लाम्जेल, दीपा शाही, हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गर्दा अन्जना थुलुङ्ग राईको प्रहार पोष्टबारमा लाग्दै बाहिरियो भने इन्दिरा राईको प्रहारलाई पुलिसकी गोलरक्षक उषाले जोगाइन् ।

खेलको निर्धारित ९० मिनेटको समयको खेल गोलरहित बराबरीमा रोकिएको थियो । आर्मी पहिलो हाफमै १० खेलाडीमा सीमित बनेको थियो । पुलिसको एक खेलाडी कम हुँदा सोको फाइदा पुलिसले उठाउन सकेन । खेलको २७औँ मिनेटमा पुलिसकी निर्मला विकले बल अघि बढाउने क्रममा आर्मीकी ‘डिफेन्डर’ विमला विकले पेनाल्टी एरिया नजिक लडाएपछि उनले रातो कार्ड पाएकी थिइन् ।

प्रतियोगितामा पुलिसकी निर्मला विक सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले रु ३० हजार पुरस्कार पाइन् । यसैगरी, उत्कृष्ट गोलरक्षक पुलिसकी उषानाथ तथा रेखा पौडेल सर्वाधिक गोलकर्ता बनिन् । रेखाले जारी प्रतियोगितामा कुल पाँच गोल गरेकी थिइन् । उनीहरुले जनही रु १५ हजार पुरस्कार पाए । प्रतियोगिताको अनुशासित टोलीको पुरस्कार आयोजक आरएस पोखरा फुटबलले प्राप्त गर्‍यो ।

विजेता टोली तथा खेलाडीहरुलाई नेपाली सेनाको पश्चिम पृतना पोखराका पृतनापति उपरथी भोलानाथ थापा, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक तुलबहादुर कार्कीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । यही वैशाख १८ गतेदेखि सुरु भएको  प्रतियोगितामा पुलिस, आर्मीसँगै सङ्कटा र आयोजक आरएस पोखरा फुटबल क्लबको सहभागिता थियो ।