१२ श्रावण २०८३, मंगलवार
,
Latest
भारतले धौलीगङ्गा बाँध खोल्ने भएकाले महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त कर्णाली मुख्यमन्त्रीमा नेता शाही नियुक्त एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजिप्टको एलेक्जान्ड्रियामा टोलेमिक र रोमन कालका पुरातात्विक अवशेषहरू फेला



अ+ अ-

काठमाडौँ। इजिप्टको तटीय शहर एलेक्जान्ड्रियामा टोलेमिक र रोमन कालका वास्तुकला तथा आवासीय अवशेषहरू फेला परेका छन् ।

इजिप्टको पर्यटन तथा पुरातत्व मन्त्रालयले शनिवार एक विज्ञप्ति जारी गर्दै पुरातात्विक टोलीले ऐतिहासिक संरचनाहरू फेला पारेको जानकारी दिएको हो ।

मन्त्रालयकाअनुसार एलेक्जान्ड्रियाको मोहरम बेक जिल्लामा गरिएका यी खोजहरूले भूमध्यसागरीय क्षेत्रको यस ऐतिहासिक शहरमा विभिन्न कालखण्डमा भएको सहरी जीवनको विकासक्रममाथि नयाँ प्रकाश पारेको छ ।

इजिप्टमा टोलेमिक काल ईसापूर्व ३३२ देखि ३० सम्म र रोमन काल ईसापूर्व ३९५ सम्म रहेको मानिन्छ । उत्खननका क्रममा परिष्कृत जल व्यवस्थापन प्रणाली समेत फेला परेको छ, जसमा एउटा भिल्लासँग जोडिएको सानो स्नानगृह रहेको छ । साथै, त्यहाँ फेला परेका विभिन्न प्रकारका मोजाइक कलाहरूले उक्त समयको समृद्ध कलात्मक विरासतलाई झल्काउँछन् ।

अनुसन्धान टोलीले मार्बलबाट बनेका केही महत्वपूर्ण मूर्तिहरू पनि फेला पारेको छ । ती मूर्तिहरू बाकस र एस्क्लपियस जस्ता देवताका भएको विश्वास गरिएको छ । यसका अतिरिक्त, देवी मिनर्भाको टाउको नभएको मूर्ति पनि फेला परेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी, उत्खनन स्थलमा प्राचीन सिक्का, माटाका भाँडाकुँडा, बत्ती र स्ट्याम्प गरिएका एम्फोरा (ब्mउजयचब) का टुक्राहरू समेत फेला परेका छन्।

यी सामग्रीहरूले उक्त समयमा एलेक्जान्ड्रियाको भूमध्यसागरीय क्षेत्रका अन्य मुलुकहरूसँग जीवन्त व्यापारिक र सांस्कृतिक सम्बन्ध रहेको पुष्टि गर्दछ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल