९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा व्यावसायिक प्रयोजनको एलपी ग्यासको मूल्यमा भारी वृद्धि



अ+ अ-

काठमाडौँ। मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावका कारण भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने १९ किलोग्रामको तरल पेट्रोलियम ग्यास (एलपी ग्यास) को मूल्यमा उल्लेख्य वृद्धि गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार शुक्रवारदेखि लागू हुनेगरी प्रतिसिलिण्डर ९९३ भारतीय रुपैयाँले मूल्य बढाइएको हो । पछिल्लो मूल्य वृद्धिसँगै अब व्यावसायिक सिलिण्डरको मूल्य ३,०७१.५० भारतीय रुपैयाँ पुगेको छ ।

ग्यासको मूल्य बढेसँगै होटल, रेस्टुरेण्ट तथा अन्य व्यापारिक प्रतिष्ठानहरूमा खाद्य सामग्रीको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ । मध्यपूर्वमा तनाव शुरु भएयता व्यावसायिक ग्यासको मूल्य वृद्धि भएको यो तेस्रो पटक हो । यसअघि मार्च महिनामा प्रति सिलिण्डर १४४ भारतीय रुपैयाँ र अप्रिल १ मा २०० भारतीय रुपैयाँले मूल्य वृद्धि गरिएको थियो ।

भारत सरकारले व्यावसायिक तथा घरायसी दुवै प्रयोजनका लागि ग्यासको आपूर्ति सहज रहेको दाबी गर्दै आएको छ । यद्यपि सरकारी तथ्याङ्कअनुसार भारतले आफ्नो कुल मागको ६० प्रतिशतभन्दा बढी एलपी ग्यास आयात गर्ने गर्दछ ।

भारतले मुख्यतया संयुक्त अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब र कुवेतजस्ता देशहरूबाट ग्यास आयात गर्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताका कारण ग्यासको मूल्यमा पटक–पटक समायोजन गर्नुपरेको बताइएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल