२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी दुर्घटनामा एकको मृत्यु



अ+ अ-

नवलपरासी। नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–८ कालीगण्डकी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

आज बिहान फलफूल चोकबाट डण्डातर्फ जाँदै गरेको ग प्र ०४–००२ प २६२५ नम्बरको स्कुटर सडक किनारमा रोकिराखिएको प्र नं २–०४–००१ ख ००८२ नम्बरको ट्रकको पछाडिको भागमा ठोक्किँदा हुप्सेकोट गाउँपालिका–२ बस्ने निशा कुमालको मृत्यु भएको हो ।

दुर्घटनामा स्कुटर पछाडि सवार निशा कुमाल गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि चितवन पठाइएकोमा उपचारकै क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो ।

दुर्घटनामा स्कुटर चालक कावासोती नगरपालिका–८ बस्ने ३७ वर्षीय शङ्कर श्रेष्ठ घाइत हुनुभएको छ । उहाँको अहिले भरतपुरमा उपचार भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस