१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार



अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका लागि सञ्चालन गरेको स्वास्थ्य शिविरमा करिब दुई सय जनालाई स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।

मन्त्रालयले सुकुम्वासी व्यवस्थापन कार्यक्रमअन्तर्गत अस्थायी रूपमा स्थानान्तरण गरिएका सुकुम्वासीलाई त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला र कीर्तिपुरस्थित राधा सत्सङ्गमा दुई स्थानमा गरिएको स्वास्थ्य शिविरमा २२२ जनाले सेवा लिएका मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले जानकारी दिनुभयो । उहाँका अनुसार रङ्शालामा १४० र राधा सत्सङ्गमा ८२ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको हो ।

रङ्गशालाको शिविरमा उच्च रक्तचाप, मधुमेह, दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोग, ग्यास्ट्राइटिस, झाडापखाला, सङ्क्रमण, चोटपटकलगायत समस्या भएका बिरामी देखिएका मन्त्रालयका सूचना अधिकारी डा केसीले बताउनुभयो । सोही शिविरका केही सेवाग्राहीलाई मनोसामाजिक परामर्शसमेत दिइएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला तीन दिनको शिविर सञ्चालन गरिएको छ । त्यसैगरी कीर्तिपुरस्थित राधा सत्सङ्गमा आज ४२ जनाको साधारण जाँच, २० जनाको आँखा, २० जनाको दाँत, १३ जनाको रगतमा चिनीको मात्रा परीक्षण गर्नुका साथै १४ जना बालबालिकाकोस्वास्थ्य परीक्षण गरिएको छ ।

शिविरमा आएकामध्ये थप उपचारको आवश्यकता देखिएका १७ जनालाई वीर अस्पताल र छ जनालाई कान्ति बाल अस्पतालमा प्रेषण गरिएको उहाँले बताउनुभयो ।

रङ्गशालामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, पाटन मानसिक अस्पताल र कान्ति अस्पतालका चिकित्सक तथा नर्सले उपचार गर्नुभएको थियो । कीर्तिपुरस्थित राधा सत्सङ्गमा वीर अस्पतालबाट चिकित्सक र नर्स खटिनुभएको थियो ।रासस