९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको उत्तर प्रदेश काङ्ग्रेसका अध्यक्ष राय अस्पताल भर्ना



अ+ अ-

कोलकाता। भारतको उत्तर प्रदेशका भारतीय राष्ट्रिय काङ्ग्रेसका अध्यक्ष अजय राय कार्यक्रममा अचानक बेहोस बनेपछि उहाँलाई मेदान्त अस्पतालमा भर्ना गरिएको छ ।

उहाँको अस्पतालको आकस्मिक सेवामा उपचार भइरहेको छ । कार्यक्रमका क्रममा राय एकाएक बेहोस हुनुभएको थियो । अत्याधिक पिडा र दुखाइ महसुस भएपछि उहाँलाई तत्काल मेदान्त अस्पताल भर्ना गरिएको हो ।

उहाँको उपचारमा विशेषज्ञसहितको चिकित्सकको टोली खटिरहेको बताइएको छ। जानकारीअनुसार ‘सोडियम’को कमी देखिएको र अन्य परीक्षणहरू भइरहेको छ ।

लखनऊमा काङ्ग्रेसको ‘स्टेट लेभल टिचर्स एन्ड डक्टर्स कन्फ्रेन्स’ नामक कार्यक्रममा सहभागी भइरहँदा उहाँ अचानक विरामी हुनुभएको थियो ।

विरामी पर्नु पहिले मजदूर दिवसका अवसरमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्नुभएका प्रदेश कांग्रेस अध्यक्ष रायले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको नीतिको काङ्ग्रेसले मात्र डटेर विरोध गरिरहेको र यो लडाईँमा काङ्ग्रेसको राजनीतिक फाइदा मात्र नभई समाजको हरेक वर्ग, शिक्षक, चिकित्सक र आम नागरिकको हित जोडिएको खावी गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, “सामाजिक सञ्जालदेखि तल्लो तहसम्म कांग्रेसका कार्यकर्ताहरु सक्रिय छन् । मजदुरको मिहिनेतको प्रशंसा गर्दै रायले लोकतन्त्र, अधिकार र न्यायको रक्षाका लागि यो लडाइँ अघि बढ्ने छ।”

कार्यक्रममा उहाँले आफूहरु मजदुरको अधिकारका लागि उनीहरूसँग मिलेर सङ्घर्ष गरिरहेको र यो सही अर्थमा मजदुर दिवसको अन्तर्य हो भन्दै शुभकामना दिनुभएको थियो ।(रासस/एएनआई)