११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

बनेपामा आजदेखि चण्डेश्वरी भगवती जात्रा

बनेपामा आजदेखि चण्डेश्वरी भगवती जात्रा
फाइल फोट
अ अ+ अ-

काभ्रेपलाञ्चोक। जिल्लाको बनेपामा नगर हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ ।

करिब दुई हजार ५०० वर्षअघिदेखि चण्डेश्वरी जात्रा विशेषगरी स्थानीय नेवार समुदायले मनाउँदै आएका छन् ।

बर्सेनि चण्डी (वैशाख शुक्ल) पूर्णिमादेखि तीन दिन मनाइने जात्राका लागि स्थानीयले बनेपा सहरको उत्तरपूर्वी क्षेत्रमा अवस्थित चण्डेश्वरी मन्दिर र परिसर रङरोगनसहित बेहुलीझैँ सिङ्गार्ने गर्छन् । जात्राको पहिलो दिन आज बिहानैदेखि प्रत्येक घरघरबाट मन्दिरमा पूजा आराधना गरी औपचारिक रूपमा जात्रा सुरु भएको हो ।

आजै राति हनुमानढोकाबाट ल्याइने तरबार (खड्ग)सँगै चण्डेश्वरी मन्दिरभित्र रहेका पिङ देवताहरूलाई १२ वटा बोका बलि दिई ‘सरकारी पूजा’ गरिने र सबेरै जलेश्वर महादेवसम्म मत पूजा (चिराग यात्रा) गरिएको स्थानीय मनिष भोछिभोयाले जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिबार बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खाली रथ (खट)लाई भेडा बलि दिइएपछि स्थानीय युवाहरूले विभिन्न बाजागाजासहित बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पुर्‍याउँछन् ।

रथ मन्दिर लैजाने बेला रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालबाट उनीहरूलाई ‘ल्हाका पालुं हाः’ भन्दै साहस थपिदिने काम गर्ने परम्परा रहिआएको स्थानीय भोछिभोयाले बताउनुभयो ।

उक्त खटलाई मन्दिर नजिक पुर्‍याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ । त्यस्तै भोलिपल्ट रथ बोकेर फर्कने क्रममा हरेक घरमा तयार पारिएका प्रसादहरू झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन् । तुलसीको काठद्वारा निर्मित सानो रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ ।

पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिन्छ । त्यहाँ रथ पुर्‍याउनेका लागि भव्य स्वागत सत्कारका साथ पूजाआजा र बलि दिने परम्परा रहिआएको स्थानीय साहित्यकार मोहन दुवालले बताउनुभयो । उहाँका अनुसार जात्राको सुरुदेखि नै ठाउँठाउँमा बलि दिइन्छ ।

रथलाई प्राचीन लायकू दरबारसम्म पुर्‍याउँदै र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याउने प्रचलन छ । यस्तै तेस्रो दिन अपराह्न मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पुर्‍याएपछि जात्रा सकिने गर्छ ।

जात्रा अवधिभर बूढापाकाले टोलटोलमा बसी बिहान बेलुका भजन गाउँछन् । सडक, गल्लीमा जात्रा मनाउने र हेर्नेको भीडभाड हुन्छ । ‘शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजा गर्न टाढादेखि भक्तजन आउने स्थानीय वृद्ध रामचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जात्रामा सामेल हुन पाउँदा निकै खुसी मान्दै भक्तजन ‘मागेको पुग्ने’ मा विश्वास गर्छन् । बनेपाबाट जहाँसुकै स्थानमा बसाइँ गएकाहरू पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन् भने यहाँको जात्रा छुटाउनै हुँदैन भन्ने जनविश्वास छ ।

“जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । सरकारको तर्फबाट समेत पूजा गर्ने भएकाले पनि यसको महत्वले अझ व्यापकता पाएको गर्व गरिन्छ ।

धार्मिक कथन एवं किंवदन्तीअनुसार करिब २५ सय वर्ष अगाडिअनुसार लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएका दैत्यराज चण्डासुरलाई भगवतीको रूपमा प्रकट भई चण्डासुरको वध गरेर देवताको रक्षा गरेको खुसीयालीमा आराध्यदेवी चण्डेवरी माईको जात्रा मनाउँदै आइएको हो”, श्रेष्ठले भन्नुभयो ।

चण्डेश्वरी जात्राको महत्त्व ठूलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका सङ्घसंस्था तथा विद्यालय जात्रा अवधिभर बन्द गरिएका छन् । चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहकलगायत सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले यो जात्रालाई विशेष महत्वकासाथ लिइने गरिएको हो । रासस