५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ



अ+ अ-

काठमाडौँ। प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषध कारोबारमा संलग्न ३४ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले झापा, सुनसरी, कैलाली, चितवन, कास्की, काठमाडौँलगायत जिल्लाबाट लागुऔषधसहित ३४ जना पक्राउ गरेको हो ।

काठमाडौँको दक्षिणकाली नगरपालिका-५, बुढानिलकण्ठ नगरपालिका-६ र चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट एक/एक जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका-६ बाट दुई, धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ बाट दुई जना पक्राउ परेका नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

त्यस्तै, कैलालीको भजनी नगरपालिका-३ र धनगढी उपमहानगरपालिका-६ बाट एक/एक, इलामको सूर्योदय नगरपालिका-७ हर्कटेबाट दुई, सुनसरीको दुहवी नगरपालिका-१०, बराहक्षेत्र नगरपालिका-२ पुनर्वास र धरान उपमहानगरपालिका-१७ बाट एक/एक जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चितवनको भरतपुर महानगरपालिका-११ भोजाडबाट तीन, भरतपुर महानगरपालिका-१ आँपटारीबाट एक, राप्ती नगरपालिका-११ डुम्रेखाडी जङ्गलबाट एक जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका-१८ लामागाउँबाट दुई जनालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिका-३ सामादैजीबाट एक, बेलौरी नगरपालिका-१० सडकघाटबाट चार जना पक्राउ परेका इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ । जाजरकोटको शिवालय गाउँपालिका- छेडाचौरबाट अवैध लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पर्साको पोखरिया नगरपालिका-४ बाट एक जना पक्राउ परेका इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कबाट दुई, मोरङको सुन्दरहरैँचा नगरपालिका-९ बाट एक जना पक्राउ परेका नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रासस