१७ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन–नेपाल सुरक्षा सहकार्यमा जोड



अ+ अ-

काठमाडौँ। नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बिहीबार आयोजित प्रहरी नेतृत्व तथा कर्मचारी पाठ्यक्रम (पिएलएससी) प्रथम समूहका सहभागीहरूसँगको छलफलमा चिनियाँ राजदूतले द्विपक्षीय सुरक्षा सहकार्यलाई सुदृढ बनाउन सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

यहाँस्थित चिनियाँ राजदूतावासका अनुसार त्यस अवसरमा उहाँले नेपाल प्रहरीका भावी नेतृत्वसँग विविध समसामयिक विषयमा विचार आदानप्रदान भएको थियो ।

त्यसैगरी, नेपाल–चीन सम्बन्ध, समकालीन विश्व तथा क्षेत्रीय सुरक्षा चुनौतीलगायतका विषयमा छलफल भएको थियो ।

साथै सहभागीहरूले दुवै देशबीचको सम्बन्धको वर्तमान अवस्था, आपसी सहकार्य र भविष्यका सम्भावनाबारे धारणा राखेका थिए ।

राजदूत चाङले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको उल्लेख गर्दै कानुन कार्यान्वयन तथा सुरक्षा सहकार्य आगामी दिनमा अझ उच्च तहमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

द्विदेशीय सहकार्यले दुवै देशबीचको आपसी विश्वास अभिवृद्धि गर्नुका साथै क्षेत्रीय स्थायित्वमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । रासस