२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्ट्रेट अफ हर्मुजमा नाकाबन्दी जारी रहने ट्रम्पको उद्घोष



अ+ अ-

वाशिङगटन। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज नाकाबन्दी जारी रहने बताउनुभएको छ ।

हर्मुजमा आवागमन पुनः खोल्नका लागि प्रयास जारी राखेको अमेरिकाले स्वतन्त्र रूपमा आवागमनमा अवरोध भएमा हर्मुजमा आक्रमण गरेरै भएपनि जहाजलाई वारपार गराउने बताएको थियो ।

नाकावन्दी लगाएर आफूलाई झुकाउने अमेरिकी प्रशासनको नीतिविरूद्ध चट्टानी अडान राख्दै इरानले हर्मुज घाँटीमा सिमित जहाजको आवागमनलाई मात्र अनुमति दिएपछि तनावले थप उचाइ लिने देखिएको छ ।

ट्रम्प निकट एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भन्नुभएको छ, “इरानलाई प्रमुख जलमार्गमा उसको प्रभाव वा नियन्त्रण अन्त्य गर्न बाध्य पार्ने उद्देश्यका साथ राष्ट्रपति ट्रम्पले विभिन्न कूटनीतिक र नीतिगत विकल्पहरू अघि सार्नुहुनेभएको छ। ”

ती अधिकारीले भने, “योजना अन्तर्गत अमेरिकाले इरानको बन्दरगाहमा नाकाबन्दी जारी राख्नेछ र राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगीहरूसँग इरानमाथि दबाब बढाउने प्रयास गर्नुहुनेछ, यसले इरानी इन्धनको स्वतन्त्र प्रवाहलाई अवरोध गर्ने प्रयासको मूल्य चुकाउन सकिने विश्वास राष्ट्रपति ट्रम्पको रहेको छ।” (रासस/एएफपी)