५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

पेटमा फैलिएको संक्रमणपछि अहिले सुधारतर्फ प्रधानमन्त्रीको स्वास्थ्य, मिर्गौला प्रत्यारोपण गर्ने तयारी

पेटमा फैलिएको संक्रमणपछि अहिले सुधारतर्फ प्रधानमन्त्रीको स्वास्थ्य, मिर्गौला प्रत्यारोपण गर्ने तयारी
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले स्वास्थ्यमा आएको अर्को जटिल चुनौतीको सामना गरेका छन् । मिर्गौला रोगको उपचार गराइरहेका उनको पेटमा संक्रमण फैलिएकाले जीवन जोखिममा परेको थियो । तर, डाक्टर समूहले छोटो समयमा उचित निर्णय गर्दा ओलीको स्वास्थ्य सुधार हुँदै गएको छ । १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि अर्को मिर्गौला प्रत्यारोपण गर्ने तयारी भइरहेको छ । अहिले उनी नियमित डायलाइसिसमा छन् ।

तर, यसबीचमा पनि उत्तिकै सक्रिय उनलाई सोमबार मध्यरातिबाट अचानक पेट दुख्न थालेको थियो । पेटको दुखाइ बढ्दै गएपछि मंगलबार बिहान उनको निजी सचिवालयले निजी चिकित्सक डा. दिव्यासिंह शाहलाई खबर गरेको थियो । शाह बालुवाटार पुग्दा प्रधानमन्त्री ओली असैह्य पीडाले छटपटाइरहेका थिए । शाहले मुटुरोग विशेषज्ञ डा. अरुण सायमीलाई खबर गरेपछि ओलीलाई शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लग्ने निधो भएको थियो ।

यो सेन्टर मूलतः मुटुरोगसम्बन्धी हो, यहाँको आइसियू अत्याधुनिक र व्यवस्थित भएकाले ओलीलाई अरू समस्या हुँदा पनि यो अस्पताल लग्ने गरिएको छ । मंगलबार बिहान करिब साढे ९ बजे ओली अस्पताल पुग्दा नपुग्दै सम्बन्धित सबैजसो डाक्टर जम्मा भइरहेका थिए । ‘तर, सेन्टरमा आइसियू खाली थिएन । त्यसैले अर्को कोठालाई तुरुन्तै आइसियूमा परिणत गरियो, हामीसँग समय थिएन । अप्रेसनको तयारी पनि तुरुन्तै भयो,’ डा. सायमीले भने ।

ओलीलाई ‘एपेन्डिसाइटिस’ भएको प्रारम्भिक अनुमान थियो । तर, ‘एपेन्डिक्स’को संक्रमण फैलिएर आन्द्रासम्म पुगेको थियो अर्थात् उनलाई ‘पेरिटोनाइटिस’ भएको थियो । ‘संक्रमण फैलँदो थियो । त्यसैले अप्रेसनअघि र पछि पनि संक्रमण फैलने र अनियन्त्रित हुने जोखिम थियो ।प्रधानमन्त्रीको जटिल स्वास्थ्य अवस्थालाई देखेर एक–दुईजना डाक्टरले निर्णय गर्न सक्ने अवस्था थिएन । त्यसैले ठूलो समूहलाई सामेल गराइएको थियो,’ उपचारमा संलग्न एक डाक्टरले भने, ‘सामूहिक निर्णयले तुरुन्तै अप्रेसन सुरु गरिएको हो ।’

उनका अनुसार प्रधानमन्त्रीका निजी चिकित्सक डा. शाहबाहेक सेन्टरका प्रमुख डा. उत्तम श्रेष्ठ, मुटुरोग विशेषज्ञ डा. सायमी र डा. भगवान कोइराला, सर्जरी विभागका रमेशसिंह भण्डारी र डा. पलेस्वा जोशी, एनेस्थेसियाका डा. सुभाष आचार्य र डा. विश्वास प्रधानलगायतको टोली यो प्रक्रियामा सहभागी थियो । सर्जरी विभागका डा. भण्डारी र डा. पलेस्वाले प्रधानमत्रीको शल्यक्रिया गरेका थिए । करिब ४५ मिनेटको शल्यक्रियापछि उनलाई आइसियूमा सारिएको थियो । आइसियूमा प्रधानमन्त्रीको रेखदेख गर्न डा.सुभाष आचार्य र डा. विभुष श्रेष्ठ तयार थिए ।

हरेक घन्टा प्रधानमन्त्रीको रगत, पिसाबलगायत स्वास्थ्य जाँच भइरहेको थियो । मुख्यतः उनको ब्लडप्रेसर कम भएकाले डाक्टरहरू गम्भीर थिए । उता एन्टिबायोटिक औषधिले अप्रेसनको घाउ निको हुने मात्र होइन, पेटको संक्रमण पनि नियन्त्रण गर्ने डाक्टरहरूको अपेक्षा थियो । तर, बुधबार बिहानसम्म आएका रिपोर्टहरूले डाक्टरहरूलाई पनि सन्तोष दिएको छ ।

‘संक्रमण धेरै हदसम्म नियन्त्रणमा आएको देखियो, त्यसैले उहाँको अप्रेसन गर्दा मुखमा राखिएको मास्क हटाइयो,’ डा.सायमीले भने, ‘हामीले अपेक्षा गरेकै गतिमा प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएको छ, केही झोल पनि खानुभयो । उहाँ कुर्सीमा पनि बस्नुभयो, मैले त अब फेरि पोखरातिर जान मन लागिसक्यो होला होइन भनेर पनि जिस्क्याएँ ।’ प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भए पनि उनलाई आइसियूमै राखिएको छ । यसबीचमा उनको डायलाइसिस पनि भइरहेको छ । शल्यक्रियापछि मंगलबार राति र बुधबार पनि उनको डायलाइसिस भएको छ ।

पेटको संक्रमण रगतमा फैलने जोखिम घटाउन पनि डाइलाइसिसको मात्रा पनि बढाइएको छ । जोखिमलाई ध्यान दिएर चौबिसै घन्टा कन्सल्ट्यान्ट डाक्टर आइसियूमा खटिएका छन् ।अस्पतालका अनुसार प्रधानमन्त्रीलाई कम्तीमा तीन दिन आइसियूमा राखिनेछ । सामान्य वार्डमा सार्दा भेट्न आउनेको भिड हुने भन्दै अस्पतालले संक्रमणको जोखिमबाट बचाउन पनि ओलीलाई आइसियूमै राखिएको छ ।

श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापासहित सचिवालय र परिवारका सदस्यबाहेकलाई भेट्न दिइएको छैन । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेकपा नेता नारायणकाजी श्रेष्ठ अस्पताल पुगेका थिए । डाक्टर, ओलीको सचिवालयका सदस्य तथा परिवारका सदस्यहरूबाट जानकारी लिएर उनीहरू फर्किएका छन् । नयाँ पत्रिका दैनिकबाट