३० भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लामा नुन वितरण



अ+ अ-

काठमाडौं । नेपाल साल्ट ट्रेडिङले ताँजाकोट गाउँपालिकामा नुन बिक्रीवितरण गरेको छ ।

स्थानीय बासिन्दालाई घरदैलोमै गएर नुन बिक्रीवितरण गरेको नेपाल साल्ट ट्रेडिङ शाखा कार्यालयका प्रमुख राजबहादुर लामाले बताए ।

उनका अनुसार चङ्खेली गाउँपालिकामा ४३१ क्विन्टल, सर्केगाड गाउँपालिकामा ४७० क्विन्टल, नाम्खा गाउँपालिकामा ६३० क्विन्टल नुन बित्रीवितरण गरिएको छ ।

जिल्लामा झण्डै छ महिनापछि नुन आपूर्ति भएपछि सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकास्थित साल्ट ट्रेडिङको शाखा कार्यालयबाट नुन बिक्रीवितरण गरिएको हो ।

तत्काल एक हजार ५०० क्विन्टल नुन आएपछि आर्थिक वर्ष २०८३÷८४ का लागि ६ हजार १३० क्विन्टल माग गरिएको शाखा प्रमुख लामाले जानकारी दिए ।