३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपूर्व युद्ध सुरु भएदेखि इरानद्वारा २१ जनालाई मृत्युदण्ड चार हजारलाई पक्राउ: राष्ट्रसङ्घ



अ+ अ-

काठमाडौं । इरानले मध्यपूर्व युद्ध सुरु भए देखि कम्तिमा २१ जनालाई मृत्युदण्ड दिनुका साथै चार हजार भन्दा बढीलाई पक्राउ गरेको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ ।

गत फेब्रुअरीको अन्त्यमा भएको आक्रमणको कारण युद्ध सुरु भए देखि सन् २०२६ जनवरीमा विरोध प्रदर्शनको क्रममा कम्तिमा नौ जनालाई मृत्युदण्ड दिइएको जनाइएको छ ।

यसै गरी थप १० जनालाई विपक्षी समूहको सदस्यता लिएको आरोपमा र दुई जनालाई जासुसीको आरोपमा मृत्युदण्ड दिइएको संयुक्त राष्ट्रसङ्घको अधिकार कार्यालयले जनाएको छ ।

यसै बीच चार हजार भन्दा बढी मानिसहरूलाई राष्ट्रिय सुरक्षा सम्बन्धी विषयका आधारमा पक्राउ गरिएको अनुमान गरिएको छ । द्वन्द्वको क्रममा धेरै कैदीहरू जबरजस्ती बेपत्ता, यातना वा क्रूर, अमानवीय र अपमानजनक व्यवहार को सिकार भएको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुख भोल्कर टर्कले आरोपको जबरजस्ती स्वीकारोक्ति लगायतका गम्भीर आरोपले इरानी जनताको अधिकार सिमित गरेको उल्लेख गर्दै विज्ञप्ति जारी गर्नु भएको छ ।

उनले अधिकारीहरूलाई थप मृत्युदण्डमा रोक लगाउन, उचित प्रक्रियाबाट निष्पक्ष परीक्षणको पूर्ण ग्यारेन्टी सुनिश्चित गर्न र मनमानी ढङ्गले हिरासतमा राखिएका व्यक्तिहरूलाई तुरुन्तै रिहा गर्न आह्वान गरेका छन्।

एम्नेस्टी इन्टरनेसनल लगायतका अधिकार समूहहरूले इरानले प्रत्येक वर्ष विभिन्न आरोपमा मानिसहरूलाई मृत्युदण्ड दिदै आएको छ ।