३० भाद्र २०८३, मंगलवार
,
Latest
उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण मेलाबाट उठेको रकम पर्यटनमा लगानी भेरी अस्पतालमा शवगृह विस्तार गरिने कांग्रेसको किचलोः अब न फुट्ने न जुट्ने अवस्थामा गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति पोखरामा जग्गाको कित्ताकाट खुल्यो कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षामा सीप ‘स्केचिङ एण्ड स्क्ल्पचर प्रदर्शनी’ सुरु



अ+ अ-

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा शिक्षामा सीप ‘स्केचिङ एण्ड स्क्ल्पचर प्रदर्शनी २०२६’ आजदेखि प्रतिष्ठानमा सुरु भएको छ ।

प्रतिष्ठान तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरअन्तर्गतका सार्वजनिक विद्यालयमा शिक्षामा सीप कार्यक्रमअन्तर्गत ‘स्केचिङ एण्ड स्क्ल्पचर’ मोड्युलको तालिममा सहभागी विद्यार्थीद्वारा सिर्जना गरिएका कलाकृति प्रर्दशनीमा समेटिएको हो ।

प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकालले उद्घाटन गरे ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका कुलपति हार्तम्छालीले प्रतिभाशाली नवप्रतिभाको सिर्जना प्रदर्शनीमा देख्न पाउँदा खुसी लागेको बताए ।

उनले भने, “विगतमा महानगरप्रमुख रहँदा हालका सम्माननीय प्रधानमन्त्री बालेन शाह र अहिलेका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोलले पनि यसको ‘कन्सेप्ट’मार्फत सिजर्नशील अतिरिक्त क्रियाकलापलाई शिक्षासँग जोडेर विशेष प्राथमिकता दिइ अघि बढाउनुभएको हो । यसको जस उहाँहरूलाई पनि जान्छ ।”

कार्यक्रम संयोजक प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले शिक्षामा सीप ‘स्केचिङ एण्ड स्क्ल्पचर’ कार्यक्रम सुरुआती वर्षदेखि झन्झन् राम्रो हुँदै गएको बताए ।

काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकालले प्रतिष्ठान र महानगरबीचको सहकार्यमा भएको यस कार्यक्रमले विद्यार्थीमा नीहित सिर्जनशीलतालाई उजागर गर्न सहयोग गरेको बताए । उनले  भने, “भोलिका दिनमा सिकेका सीपलाई अझ बढोत्तरी गर्दै लैजानुहोला । आगामी दिनमा यस कार्यक्रमलाई अझ परिष्कृत गर्दै लैजाने छौँ ।”