३० भाद्र २०८३, मंगलवार
,
Latest
उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण मेलाबाट उठेको रकम पर्यटनमा लगानी भेरी अस्पतालमा शवगृह विस्तार गरिने कांग्रेसको किचलोः अब न फुट्ने न जुट्ने अवस्थामा गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति पोखरामा जग्गाको कित्ताकाट खुल्यो कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न



अ+ अ-

काठमाडौं । पर्वतको दक्षिणी क्षेत्रलाई सदरमुकाम कुश्मासँग जोड्ने लुङ्खु–हुवास सडक कालोपत्र सम्पन्न भएको छ ।

महाशिला गाउँपालिका–५ लुङ्खुुदेखि पैयूँ गाउँपालिकाको हुवासस्थित हातेमालो चोकसम्म करिब १५ किलोमिटर सडक निर्माण सुरु भएको ६ वर्षपछि कालोपत्र भएको हो ।

कालोपत्रे भएसँगै वर्षौंदेखि धुलो, हिलो र जोखिमपूर्ण यात्रा झेल्दै आएका स्थानीयवासीलाई सुविधा पुगेको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) परियोजनाअन्तर्गत स्तरोन्नति तथा कालोपत्रे गर्ने योजनाअनुसार निर्माण सुरु भएको थियो ।

सो सडकका लागि कूल ३६ करोड ९६ लाख ९३ हजार ६८५ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । निर्माणको जिम्मा श्री हिमदुङ एण्ड थोकर प्रालिले लिएको थियो । महाशिला, पैंयू विहादी गाउँपालिकाका नागरिकलाई जिल्ला सदरमुकाम कुश्मासँग जोड्ने यो मुख्य सडक हो ।

अब सडक कालोपत्रे भएसँगै यात्रा समय छोटिएको छ भने सवारी सञ्चालन सहज बनेको स्थानीय महेन्द्र श्रेष्ठले बताउनुभयो । सडक कालोपत्र भएसँगै कृषि उत्पादनको ढुवानीमा सहजता आउने अपेक्षा गरिएको छ ।

दक्षिणी क्षेत्रका कृषकले उत्पादन गर्ने सुन्तला, तरकारी, फलफूल, आलु तथा दुग्धजन्य वस्तु अब कम खर्च र छोटो समयमा बजारसम्म पु-याउन सक्ने महाशिला गाउँपालिकाका कृषक सरस्वती अधिकारीले बताए ।

पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले हुवास–लुङ्खु सडक कालोपत्रे सम्पन्न भएसँगै दक्षिणी पर्वतको समग्र विकासले गति लिने विश्वास व्यक्त गरे ।