९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही गर्ने



Annapurna Base Camp (file)
अ+ अ-

काठमाडौं । पर्यटन विभागले रातको समयमा सगरमाथा आधार शिविरमा बस्नेगरी ‘प्याकेज’ बेचे कारबाही गर्ने भएको छ ।

विभागका शाखा अधिकृत प्रकाश पोखरेलले आज सूचना जारी गरी सगरमाथा आधार शिविरका ‘एक्सपीडिसन क्याम्प’मा रातभर बस्ने गरी ‘प्याकेज’सहित विज्ञापन गरेको गुनासो प्राप्त भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताए ।

विभागले पर्वतारोहणसम्बन्धी नियामावली २०५९को दफा ९(ड)मा सम्पर्क अधिकृतको काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्थाअन्तर्गत पर्वतारोही दलका सदस्य, सरदार, पर्वतीय पथ प्रदर्शक, उचाइँमा जाने कामदार, आधार शिविरका कामदार र स्थानीय कामदार बाहेक विभागको पूर्वस्वीकृति बेगरका अन्य व्यक्तिलाई आधार शिवरमा राख नदिने व्यवस्था रहेको बताएको छ ।

शाखा अधिकृत पोखरेलले पर्वतारोहणसम्बन्धी नियामावलीको कानुनी व्यवस्थाका प्रावधान बमोजिम कार्य गर्न गराउन अनुरोध गरेका छन् पर्यटन विभागले कोही कसैबाट कानुनी व्यवस्था विपरीतकार्य भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाएको छ ।