११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

स्वास्थ्यमन्त्री मेहताको अपिल

स्वास्थ्यमन्त्री मेहताको अपिल
नीशा मेहता/फाइल फोटो
अ अ+ अ-

काठमाडौँ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन सबै स्वास्थ्यकर्मीलाई अपिल गर्नुभएको छ ।

आजदेखि सुरु भएको राष्ट्रिय पोषण लेखाजोखा अभियानलाई सफल बनाउन उहाँले सबै स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, विकास साझेदार, स्थानीय तहका जनप्रतिनिधिलाई एकजुट भई सक्रिय सहभागिता जनाउन अपिल गर्नुभएको हो ।

मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीका अनुसार ‘समयमै पहिचान, सही उपचार–कुपोषण मुक्त पुस्ताको आधार’ मूल नाराका साथ यही वैशाख ३० गतेसम्म सञ्चालन हुने राष्ट्रिय पोषण लेखाजोखा अभियानका अवसरमा मन्त्री मेहताले सहयोगका लागि सबैलाई अपिल गर्नुभएको हो ।  अभियानमा छदेखि ५९ महिनासम्मका बालबालिकामा पोषण अवस्था लेखाजोखा गरी शीघ्र कुपोषणको समयमै पहिचान र आवश्यक उपचार तथा सेवा सुनिश्चित गरिने उहाँले बताउनुभयो ।

स्थानीय तह, जिल्ला तथा प्रदेश स्तरमा कुपोषणको वास्तविक अवस्था पहिचान गर्दै उच्च, मध्यम तथा न्यून जोखिम भएका क्षेत्रहरूको वर्गीकरण गरी लक्षित पोषण कार्यक्रम तर्जुमा गर्न आवश्यक आधारसमेत तयार गरिने सूचना अधिकारी डा केसीले बताउनुभयो ।

अभियान देशभरका सबै ७५३ स्थानीय तहमा सञ्चालन गरिनेछ । बालबालिकाको पोषणको लेखाजोखा स्वास्थ्य संस्था तथा खोप केन्द्रहरू, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवनहरू तथा प्रारम्भिक बाल विकास केन्द्रहरूमा सञ्चालन गरिनेछ ।

कार्यक्रम सञ्चालनका क्रममा प्रत्येक स्वास्थ्य संस्थाले आफ्नो कार्यक्षेत्रभित्र रहेका लक्षित बालबालिकाको सङ्ख्या, आवश्यक स्वास्थ्यकर्मी टोली तथा सामग्रीको व्यवस्थापनसहित सूक्ष्म योजना तयार गर्नेछन् ।

डिजिटल तौल मेसिन, उचाइ र लम्बाइ मापन बोर्ड तथा पाखुराको घेराइ नापेर बालबालिकको कुपोषणको अवस्था पहिचान गर्ने जनाइएको छ । अभियानबाट प्राप्त हुने तथ्याङ्कले उच्च जोखिमयुक्त क्षेत्रको पहिचान गर्न सहयोग पु¥याउने र लक्षित पोषण कार्यक्रम सञ्चालन सहयोग मिल्ने सूचना अधिकारी डा केसीले बताउनुभयो ।
—