१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु टोली रुवान्डामाथि नेपालको जित



अ+ अ-

काठमाडौँ। रुवान्डामा जारी आइसिसी महिला च्यालेन्स ट्रफी क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली रुवान्डालाई ३८ रनले पराजित गरेको छ ।

नेपालले दिएको १०४ रनको लक्ष्य पछ्याएको रुवान्डा १७ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ६५ रनमा समेटिएको हो ।

रुवान्डाका लागि म्यारी बिमेन्यिमानाले सर्वाधिक १९ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। रुवान्डालाई ६५ रनमा समेट्ने क्रममा नेपालकी मनिषा उपाध्यायले चार विकेट लिइन् भने कविता कुँवर, रचना चौधरी र रिया शर्माले समान दुई–दुई विकेट लिइन् ।

त्यसअघि ‘टस’ जितेर पहिले ‘ब्याटिङ’ गरेको नेपालले निर्धारत २० ओभरमा सात विकेट गुमाएर १०३ रन बनाएको थियो ।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३३ रन बनाइन् भने कविता कुँवरले २४ तथा रुबिना क्षेत्रीले ११ रन बनाइन् । रुवान्डाका लागि हेनरित इसिम्वेले तीन विकेट लिँदा म्यारी बिमेन्यिमानाले दुई तथा बेलिसे मुरिकातेते र रोसिन इरेराले समान एक–एक विकेट लिए ।

नेपालले यसअघि पनि रुवान्डालाई दुई विकेटले पराजित गरेको थियो । यसैगरी, नेपाल अमेरिकासँग दुवै खेलमा पराजित भएको थियो ।

यस्तै, नेपालले इटालीसँग जित निकाल्दा भानुआतुसँग भने पराजित भएको थियो । हालसम्म नेपालले छ खेलमा छ अङ्क जोडेको छ भने अब इटाली र भानुआतुसँग खेल्न बाँकी छ ।

डबल राउन्ड रोबिन लिगका आधारमा भएको उक्त प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने टोलीले उपाधि जित्नेछ । रासस