१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार

बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
अ अ+ अ-

काठमाडौं । बाँकेमा आर्थिक वर्ष २०८२/८३ को अहिलेसम्म १५६ वटा विभिन्न वन्यजन्तुको उद्धार गरिएको छ ।

जैविक मार्ग आसपासमा बढेको बस्ती र गर्मी मौसममा पानीको खोजीमा भौतारिँदै हिँडेका वन्यजन्तुको उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले जानकारी दिए ।

उनले विगतका वर्षभन्दा चालु आवमा विभिन्न वन्यजन्तुको उद्धार गर्ने कार्यमा वृद्धि हुँदै गएको उल्लेख गर्दै चित्तल, निलगाईजस्ता वन्यजन्तु जैविक मार्ग क्षेत्र आसपास पानी खोज्दै हिँडेकाले र पुरानो बस्ती भएको क्षेत्र पुरानो जङ्गल क्षेत्रमा सर्प भएकाले पनि उद्धार गरिएको बताए ।

“पछिल्लो समय सर्प मार्नु हुँदैन भन्ने चेतनाको विकास भएको छ, यो असाध्यै सकारात्मक विषय हो”, उनले भने ।

आव २०८१/८२ मा वन कार्यालयले विभिन्न प्जातिका १३८ वटा वन्यजन्तुको उद्धार गरेको थियो । त्यसैगरी आव २०८०/८१ मा ९९, आव २०७९/८० मा ४२, आव २०७८/७९ मा ३१, आव २०७७/७८ मा ३४ र आव २०७६/७७ मा १७ वटा वन्यजन्तुको उद्धार भएको डिभिजन वन कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । यसले हरेक वर्ष उद्धार गरिने वन्यजन्तुको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएको देखिएको छ ।

चालु आवको हालसम्म घाइते, टुहुरा, बाटो बिराई गाउँबस्तीमा प्रवेश गरेका तथा सङ्कटमा परेका विभिन्न प्रजातिका १५६ वटा वन्यजन्तुको उद्धार गरिएको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सुवेदीले बताए ।

जिल्लाका नेपालगन्ज, कोहलपुर, खजुरालगायत स्थानबाट चित्तल, धामन, हुचिल, करेत, गोमन, सुनगोहोरो, गोही, पानीसर्प, राजगोमन, अजिङ्गर, बँदेल, नीलगाई, रसेल भाइपर तथा कालो बिरालोलगायत वन्यजन्तुको उद्धार गरिएको वरिष्ठ वन अधिकृत सुवेदीले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी सर्प प्रजातिको उद्धार गरिएको छ । विभिन्न प्रजातिका १३४ वटा सर्पका उद्धार भएको हो । जसमध्ये ६८ वटा गोमन, २६ धामन, १९ करेत, अजिङ्गर नौवटा, सातवटा रसेल भाइपर, चारवटा पानीसर्प र एउटा राजगोमन रहेका छन् ।

त्यसैगरी गोही आठ, सुनगोहोरो चार, चित्तल चार, नीलगाई तीन र हुचिल, बँदेल तथा कालोबिरालो एक–एकवटा उद्धार गरिएको छ । उद्धार गरिएका वन्यजन्तुलाई बाँकेको विभिन्न राष्ट्रिय तथा सामुदायिक वनमा पुनस्र्थापना गरिएको उनले बताए ।

केही वन्यजन्तुलाई बाँके राष्ट्रिय निकुञ्जमा पठाइने गरिएको छ । घाइते वन्यजन्तुलाई डिभिजन वन कार्यालयमा राखेर आवश्यक औषधि उपचारपश्चात् पूर्ण रुपमा निको भएपछि मात्र जङ्गलमा पुनःस्थापना गरिँदै आइएको उहाँको भनाइ छ