९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलामको चुलाचुलीका सडक धमाधम कालोपत्रे



अ+ अ-

काठमाडौं । इलामको चुलाचुली गाउँपालिकाका अधिकांश सडक कालोपत्र गरिएको छ ।

सङ्घीय सरकार, कोशी प्रदेश सरकार र गाउँपालिकाको बजेटमा टोलटोलमा कालोपत्रे गरिएको छ । कतिपय सडक कालोपत्र सम्पन्न भएका छन् भने कतपय सडकहरु कालोपत्र सुरु गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए ।

चालु आर्थिक वर्ष २०८२÷०८३ मा विभिन्न पाँचवटा बहुवर्षे सडक कालोपत्र सुरु भएको छ । सङ्घीय सरकारको विशेष अनुदानअन्तर्गत गाउँपालिकासँगको ५०÷५० प्रतिशत लागत साझेदारीमा दुईवटा खण्ड र प्रदेश समपूरक कोषअन्तर्गत गाउँपालिकासँगको ५०÷५० प्रतिशत लागत साझेदारीमा दुईवटा खण्ड कालोपत्र सुरु भएको छ ।

सङ्घीय सरकारको विशेष अनुदानअन्तर्गत चुलाचुली वडा नं १ देखि ६ सम्म (सबै वडा) जोड्ने चुलाचुली मार्गको १ नं वडा खण्ड कालोपत्रे धमाधम भइरहेको छ । शिववरक मन्ट्रक्सन प्रालि झापाले रु एक करोड आठ लाखमा ७७६ मिटर कालोपत्र गर्नेगरी सम्झौता भएको चुलाचुली गाउँपालिकाका इन्जिनियर (छैटौँ) डिल्लाराज खड्काले जानकारी दिए ।

त्यस्तै सो मार्गको वडा नं ५ खण्डको एक हजार १०० मिटर खण्डसमेत कालोपत्र भइरहेको छ । मधुमल्ला निर्माण सेवा मोरङले रु ९० लाख २१ हजारमा ठेक्का सम्झौता गरेको छ । प्रदेश समपूरक कोषअन्तर्गत गाउँपालिकासँगको ५०÷५० प्रतिशत लागत साझेदारीमा चुलाचुली–२ को हिमाली मार्ग (स्वामीचोक दक्षिण) कालोपत्रे सुरु भएको छ ।

स्वामीचोकदेखि झापाको कमल गाउँपालिकास्थित केर्खा बजार जोड्ने सो सडक ग्यालेक्सी कन्ट्रक्सन झापाले रु ८२ लाख २४ हजारमा ठेक्का सम्झौता गरी कालोपत्र सुरु गरेको छ । यस वर्ष ९७० मिटर कालोपत्र हुनेछ । सो सडक खण्डको दुई किलोमिटर यसअघि नै कालोपत्रे भइसकेको छ ।

त्यस्तै गाउँपालिकाको बहुवर्षे योजनाअन्तर्गत एक सडक कालोपत्रे सुरु गरिएको इन्जिनियर (सातौँ) विकल खनालले जानकारी  दिए । चुलाचुली–५ स्थित मदन भण्डारी मार्गदेखि गुम्बा जोड्ने सडक कालोपत्र सरु गरिएको छ । यस वर्ष रु ९२ लाख ७१ हजार ४९३ को लागतमा एक हजार २०५ मिटर कालोपत्र हुने खनालले जानकारी दिए । त्यस्तै गाउँपालिकाको बहुवर्षे योजनाअन्तर्गत पाँचवटा सडक खण्ड निर्माण र स्तरोन्नतिको काम सुरु भएको छ ।

चुलाचुली–१ स्थित कृषि मार्गको एक हजार २४० मिटर खण्ड रु एक करोड नौ लाख ५७ हजार ९६२ को लागतमा निर्माण र स्तरोन्नति सुरु भएको छ । चुलाचुली–२ स्थित छथरे टोल र अर्नाखाडी सडकखण्डको एक हजार १४० मिटर खण्ड रु ९३ लाख चार हजार ३५१ को लागतमा निर्माण र स्तरोन्नति सुरु भएको छ ।

त्यसैगरी चुलाचुली–३ स्थित पिटिओ टोल र महमाई सडकखण्डको ७२० मिटर खण्ड रु ९६ लाख ४४ हजार ५८५ को लागतमा निर्माण र स्तरोन्नति सुरु भएको छ । चुलाचुली–४ स्थित छिमेकी टोल र त्रिवेणी आइतबारे (पश्चिम) सडकखण्डको ९६० मिटर खण्ड रु ९० लाख ४५ हजार ९९१ को लागतमा निर्माण र स्तरोन्नति सुरु भएको छ ।

त्यस्तै तुलसी मार्ग–किरात चोक मार्ग–शान्ति चोक मार्ग (उत्तर) सडकखण्डको एक हजार ४२० मिटर खण्ड निर्माण र स्तरोन्नतिका लागि ठेक्का आह्वान गरिएको खनालले जानकारी दिनुभयो । सो सडकखण्डका लागि रु एक करोड ३४ हजार ८१ को लागत अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । चुलाचुली गाउँपालिकाका सबै टोलमा कालोपत्र सडकको पहुँच पु¥याउन सङ्घीय सरकार र प्रदेश सरकारसँगको समन्वयमा काम भइरहेको गाउँपालिका अध्यक्ष केरुङले बताए ।

चुलाचुली गाउँपालिकाले यसअघि नै छवटै वडा कार्यालय जोड्ने चुलाचुली मार्गको प्रत्येक वडा खण्ड कालोपत्र गरेको थियो । पूर्वपश्चिम लोकमार्ग र चुलाचुलीको माथिल्लो क्षेत्रमा निर्माणाधीन मदन भण्डारी मार्गलाई जोड्ने लक्ष्यका साग गाउँपालिकाले सडक कालोपत्र गर्ने प्राथमिकता दिएको अध्यक्ष केरुङले बताए ।

“टोलटोलमा विस्तार भएका कतिपय सडक सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा कालोपत्रे गरिएको छ भने कतिपय गाउँपालिकाले आफ्नै बजेट विनियोजन गरेर कालोपत्र गरेको छ”, अध्यक्ष केरुङले भने, “आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत कालोपत्रेलाई प्राथमिकता दिनेछौँ ।”