१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

१८८ जनाले लिए मुस्ताङमा गर्भपतन सेवा

१८८ जनाले लिए मुस्ताङमा गर्भपतन सेवा
अ अ+ अ-

काठमाडौं । मुस्ताङको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा १८८ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

सेवा थालनी भएको पहिलो आवमा ३८, दोस्रो आवमा ४२ , तेस्रो आवमा ६६ र चालु आवको गतचैत महिनासम्ममा ४२ जनाले गर्भपतन सेवा लिएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले जानकारी दिनुभयो । प्रदेश अस्पताल जोमसोम मात्र सुरक्षित गर्भपतन सेवाका लागि सूचिकृत भएको छ भने दुई चिकित्सकसहित पाँच स्वाथ्यकर्मीले सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन तालिम प्राप्त गरेका छन् ।

यहाँ सरकारी अस्पतालमा मात्र सुरक्षित गर्भपतन सेवा सीमित छ । सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले भने,“ अस्पतालमा १२ हप्ता अर्थात् तीन महिनासम्मका गर्भवतीको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ र सो अवधिभन्दा माथिलाई उपल्लो निकायमा प्रेषण गर्ने गरेको छ । ”

अस्पतालमा ‘मिफेप्रिस्टोन’ र ‘मिसोप्रोस्टोल’ नामक औषधिको प्रयोगद्वारा गरिने सुरक्षित गर्भपतन सेवा (एमए) तथा औजार सहित अन्य प्रक्रियाका माध्यमबाट सुरक्षित गर्भपतन सेवा प्रदान गरिँदै आएको डा कँडेलले बताए । १२ हप्तासम्मको गर्भपतनलाई ‘म्यानुअल भ्याकुम एस्पिरेसन (एमभिए)’ विधिमार्फत तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा औजारका माध्यमबाट गरिन्छ ।

१३ देखि १८ हप्तासम्म गर्भलाई ‘कम्प्रिहेन्सिब इमरजेन्सी अब्सटेटिक नियोनेटल कियर’ सुविधा भएको सूचीकृत स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा डाइलेटेसन एन्ड इभ्याकुएसन (डिएन्ड) गरिन्छ । औषधि विधि (एमए) बाट गरिने गर्भपतन सेवा प्रभावकारी रहेको छ । सुरक्षित गर्भपतन सेवाका बारेमा अझै जानकारी छैन । सेवा लिनसमेत अझै हिचकिचाउने प्रवृत्ति रहेको जनाइएको छ ।

मुस्ताङका हालसम्म सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन स्वास्थ्य संस्था दर्ता नभएको बताइएको छ । ‘गर्भपतन सेवा लिन सूचीकृत स्वास्थ्य संस्थामै जानुपर्छ’ र ‘गर्भपतनका लागि अनधिकृत औषधि स्वास्थ्यकर्मीका सल्लाह विना सेवन गरिनु हँदैन’ भन्ने चेतनाका अभाव यहाँ पनि रहेको बताइएको छ ।

प्रसूति शल्यक्रिया सेवा सञ्चालन

अस्पतालमा उपलब्ध बर्थिङ सेन्टर, प्रसूति शल्यक्रिया सेवा र आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन जोड दिएसँगै प्रसूति शल्यक्रिया सेवा प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७९÷०८० देखि चालु आव २०८२÷०८३ को चैत महिनासम्म १०४ जना महिलाहरुले प्रसूति सेवा प्राप्त लिए छन् ।

ती समध्ये १५ जना महिलाहरुले शल्यक्रियामार्फत प्रसूति गराएका थिए । पछिल्लो चार आबमा अस्पतालबाट प्रसूति सेवा लिन आएकामध्ये ८९ जनाले सामान्य प्रसूति सेवामार्फत नवजात शिशु जन्माएका हुन् । अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति सेवा उपलब्ध हुन थालेपछि जिल्लामा न्युन आय भएका गरिब तथा विपन्नस्तरको महिलालाई राहत पु¥याएको छ ।

पछिल्लो केही वर्षयता अस्पतालमा शल्यक्रिया उपकरण तथा एमडिजिपी चिकित्सकको व्यवस्थापन भएसँगै अस्पतालको शल्यक्रियाबाट प्रसूति गराउने सेवा प्रभावकारी बनेको हो । प्रसूति हुन नसकेका गम्भीर अवस्थाका महिला र अन्यलाई आपत्कालीन सेवा २४ सैँ घण्टा अस्पतालले प्रवाह गरेको छ । यसअघि प्रसूति सेवा लिने आएका बिरामीलाई सामान्य प्रसूति मात्र गराउने सेवा रहेको हुँदा ठूलो आर्थिक भार खेप्दै सुगमका अस्पतालमा प्रेषण गर्नुपर्ने अवस्था रहेको थियो ।

पछिल्लो समय अस्पतालले क्रिटिकल अवस्थामा पुगेका महिलाहरुको सफलतापूर्वक शल्यक्रियाद्वारा प्रसूति गराइएको अस्पतालको भनाइ छ ।

चालु आवको नौ महिनामा प्रादेशिक अस्पतालबाट ओपिडी सेवा र आपत्कालन (इमर्जेन्सी) सेवा गरी सात हजार २१९ जनाले सेवा लिएका छन् । यसअन्तर्गत ओपीडी सेवा पाँच हजार ३१७ र र आपत्कालीन सेवा एक हजार ९१२ जनाले प्राप्त गरेका छन् ।