१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा

बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
अ अ+ अ-

काठमाडौं । क्षमताभन्दा बढी बाल कैदीबन्दी भएपछि मकवानपुरको हेटौँडास्थित बालसुधार गृहमा समस्या भएको छ । न्यून भौतिक पूर्वाधार, बजेटको अभाव, सरकारी उदासिनता र क्षमताभन्दा बढी बालक र किशोरहरु खचाखच राख्नुपर्ने बाध्यताका कारण बालसुधार गृह समस्यामा परेको हो ।

बालसुधार गृहमा ३० जनाको क्षमता भएकोमा हाल दोब्बरभन्दा बढी ८९ जना बालक तथा किशोरलाई कोचेर राखिएको छ । जसका कारण गृहमा रहेका बालक तथा किशोरहरुमा स्वास्थ्य समस्यासँगै गृहलाई व्यवस्थापनमा समेत कठिनाइ भइरहेको बालसुधार गृहका प्रमुख प्रदीप गौतमले बताए ।

मकवानपुर र चितवनका बालकलाई लक्षित गरी गत २०७५ सालमा स्थापना भएको सो बालसुधार गृहमा अन्य जिल्लाबाट समेत बालक कैदीबन्दीहरुलाई ल्याएर राख्न थालेपछि थप समस्या भएको प्रमुख गौतमले बताए । विशेषगरी जेनजी आन्दोलनका क्रममा गत भदौ २३÷२४ गते भक्तपुरस्थित बालसुधार गृहमा भएको तोडफोडका कारण सञ्चालनमा समस्या भएपछि त्यहाँका बाल कैदीबन्दीलाई हेटौँडास्थित बालसुधार गृहमा सारिएको छ ।

मधेस प्रदेशबाट पनि ३० जना बाल कैदीबन्दीलाई हेटौँडा बालसुधार गृहमा ल्याएपछि थप समस्या भएको प्रमुख पौडेलको भनाइ छ । उनका अनुसार हाल हेटौँडास्थित बालसुधार गृहमा हाल १४ देखि २३ वर्ष उमेर समूहका बालकहरु छन् ।

तीनमध्ये १८ वर्ष नाघेका २९ जना रहेका छन् । कानुनी रुपमा १८ वर्षमाथिका लागि छुट्टै व्यवस्थापन गर्नुपर्ने भए पनि ठाउँ अभावका कारण एकै ठाउँमा सबैलाई राख्नुपर्ने बाध्यता रहेको प्रमुख पौडेलले बताए ।

मकवानपुर र चितवनका बालकलाई लक्षित गरी गत २०७५ सालमा स्थापना भएको सो बालसुधार गृहमा अन्य जिल्लाबाट समेत बालक कैदीबन्दीहरुलाई ल्याएर राख्न थालेपछि थप समस्या भएको प्रमुख गौतमले बताए । विशेषगरी जेनजी आन्दोलनका क्रममा गत भदौ २३÷२४ गते भक्तपुरस्थित बालसुधार गृहमा भएको तोडफोडका कारण सञ्चालनमा समस्या भएपछि त्यहाँका बाल कैदीबन्दीलाई हेटौँडास्थित बालसुधार गृहमा सारिएको छ ।

मधेस प्रदेशबाट पनि ३० जना बाल कैदीबन्दीलाई हेटौँडा बालसुधार गृहमा ल्याएपछि थप समस्या भएको प्रमुख पौडेलको भनाइ छ । उनका अनुसार हाल हेटौँडास्थित बालसुधार गृहमा हाल १४ देखि २३ वर्ष उमेर समूहका बालकहरु छन् । तीनमध्ये १८ वर्ष नाघेका २९ जना रहेका छन् । कानुनी रुपमा १८ वर्षमाथिका लागि छुट्टै व्यवस्थापन गर्नुपर्ने भए पनि ठाउँ अभावका कारण एकै ठाउँमा सबैलाई राख्नुपर्ने बाध्यता रहेको प्रमुख पौडेलले बताए ।

ठाउँ अभावका कारण सो गृहमा बालबालिका उकुसमुकुसपूर्ण दैनिकी बिताउन बाध्य रहेका छन् । एउटै कोठाभित्र धेरै जना कोचेर बस्नुपर्दा सवास्थ्यलगायतका समस्या भइरहेको गृहमा रहेकाहरुले गुनासो गरेका छन् । धेरै मान्छे कोचाकोच गरी बस्दा अक्सिजनको मात्रा घटेर कतिपयमा खुट्टा सुनिने र श्वासप्रश्वासको समस्या हुने गरेको बालसुधार गृहमा कार्यरत स्टाप नर्स सविना न्यौपानेले बताए ।

“बिरामी पर्नेहरुलाई पहिला हामी गृहभित्रै उपचार गर्छाैं”, स्टाप नर्स न्यौपानेले भने, “समस्या बढ्दै गएपछि थप उपचारका लागि हेटौँडा अस्पतालमा लैजान्छौँ ।” जाडो मौसममा भन्दा गर्मी समयमा स्वास्थ्य समस्या चाहिँ बढी हुन्छ, उनको भनाइ छ । ठाउँ साँघुरो भएकाले गृहमा रहेका बालक र किशोरहरुलाई चेस, क्यारेमबोटलगायतका खेलबाहेक अन्य खेल खेल्न कठिनाइ रहेको गृहले जनाएको छ ।

“हामीसँग फुटबल, भलिबललगायतका अन्य खेलकुद गर्ने ठाउँ पर्याप्त छैन, त्यसैले अहिले चेस, क्यारेमबोड खेल मात्र भइरहेको छ ।” हामीले चाहेर पनि ठाउँ नभएर बालक र किशोरहरुलाई फुटबल, भलिबल खेल दिइरहेका छैनाँै उनले भने ।

कानुनी विवादमा परेर अदालतबाट पुर्पक्ष तथा कैद सजायका लागि सो सुधार गृहमा बालक र किशोरहरुलाई पठाइएका हुन् । बालसुधार गृहमा रहेकामध्ये धेरैजसो यौन दुव्र्यवहार मुद्दाका छन् भने अन्य लागुऔषध, चोरी, कर्तव्य ज्यानलगायतका मुद्दाका रहेका छन्  ।

केही बालबालिका भने मानव बेचबिखन तथा ओसारपसार, खोटा चलन, नेपाली नागरिकता उद्योग र बालविवाह मुद्दाका पनि रहेका छन् । बालबालिकाको मुद्दा अधिकतम १२० दिनमा फैसला गरिनुपर्ने व्यवस्था ऐनमा रहे पनि लामो समयसम्म फैसला नहुँदा सुधार गृहमा क्षमताभन्दा बढी बालक तथा किशोर रहेको प्रमुख गौतमले बताए ।

बालसुधार गृहमा रहेका बालक र किशोरहरुको मानसिक र शैक्षिक विकासका लागि गृहभित्रै पुस्तकालय तथा मनोरञ्ज कक्षसमेत सञ्चालन गरिएको गृहले जनाएको छ । तर झन्झटिलो कानुनी व्यवस्थाहरुका कारण गृह सञ्चालनका लागि धेरै निकायहरुसँग समन्वय गर्नुपर्ने अवस्थाका कारण थप समस्या भइरहेको उनको गुनासो छ ।

सङ्घीय सरकार मातहत रहेको बालसुधार गृहमा देखिएको समस्या समधानका लागि सरकारले समयमै ध्यान दिनुपर्ने हेटौँडाका समाजसेवी कमलकुमार विश्वकर्माको भनाइ छ । “बालसुधार गृह अहिले यातना गृहजस्तै बन्न थालेको छ”, उनले भने, “यो एकदमै दुःखद् कुरा हो, यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ ।”