२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगनखेलमा रातो मत्स्येन्द्रनाथको पूजा गर्ने भक्तजनको घुइँचो



अ+ अ-

काठमाडाैँ । ललितपुरको लगनखेलमा रातो मत्स्येन्द्रनाथको पूजा गर्ने भक्तजनहरूको ठूलो घुइँचो लागेको छ । रातो मत्स्येन्द्रनाथको रथयात्राको एक महत्वपूर्ण चरणको रूपमा रहेको लगनखेलमा आज हुने ‘रथ पूजा’ का लागि बिहानैदेखि भक्तजनहरूको ठूलो भीड देखिएको हो ।

रथमा पूजाअर्चना गरी मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ उपत्यकाका विभिन्न क्षेत्रबाट सर्वसाधारण भक्तजनहरू लगनखेलमा भेला भएका छन् । रातो मत्स्येन्द्रनाथलाई वर्षा र सहकालको देवताको रूपमा पुजिन्छ । नेपाल उपत्यकाको जीवन्त संस्कृतिमा मत्स्येन्द्रनाथको रथयात्राको स्थान निकै उच्च छ ।

किंवदन्ती अनुसार परापूर्व कालमा कान्तिपुरमा भीषण खडेरी परी जनताले निकै कष्ट भोग्नुपरेको थियो । त्यसबेला भक्तपुरका राजा नरेन्द्रदेव र कान्तिपुरका तान्त्रिक वन्धुदत्तले भारतको कामरूप कामाख्याबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याएका थिए ।

उनको आगमनसँगै काठमाडौँ उपत्यकामा पर्याप्त वर्षा भएको र खडेरी हटेको विश्वास रहिआएको छ । त्यसैले, उनको रथयात्रालाई ‘वर्षा र सहकालको पर्व’ का रूपमा मनाइन्छ ।

लगनखेलमा हुने रथ पूजाको ऐतिहासिक र सांस्कृतिक महत्व छुट्टै छ । यहाँ रथ पुग्दा हुने पूजा र यहाँको चार नारायण मन्दिरसँगको परम्परागत सम्बन्धले नेपालको प्राचीन संस्कृति र धार्मिक सद्भावलाई झल्काउँछ ।

यो उत्सव केवल धार्मिक समारोह मात्र नभई ललितपुरवासीहरूका लागि सामाजिक एकताको प्रतीक पनि बनेको छ । सोमवार राति लगनखेलमा रातो मत्स्येन्द्रनाथलाई राँँगा, बोका, हाँसको अण्डाको बली दिइएको थियो ।