१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

बाँकेका ६ स्थानीय तहमा जग्गा नापजाँच

बाँकेका ६ स्थानीय तहमा जग्गा नापजाँच
अ अ+ अ-

काठमाडौं । भूमि समस्या समाधान आयोगले जिल्लाका छ स्थानीय तहमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको जग्गा नापजाँच गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी, बैजनाथ, खजुरा र जानकी गाउँपालिकामा जग्गाधनी पुर्जा वितरणका लागि जग्गा नाप जाँच भइरहेको भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेका अध्यक्ष घननाथ खनालले बताए ।

उनका अनुसार कोहलपुर नगरपालिकाका १५ वटै वडा, जानकी गाउँपालिकाको ५ नं वडा, बैजनाथ गाउँपालिकाको वडा नं १, ४, ६ र ७, राप्तीसोनारी गाउँपालिकाको २, ३, ४, ५, ७ र ९ खजुरा गाउँपालिकाको वडा नं ४ र ५ मा नाप नक्सा सम्पन्न भइसकेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको वडा नं ६, १९, २० र २१ जानकीको वडा नं ४, बैजनाथको २, ३, ५ र ८, राप्तीसोनारीको १, ६ र ८ र खजुरा गाउँपालिकाको ६, ७ र ८ नं वडामा नापनक्सा गर्ने कार्य भइरहेको छ । डुडुवा र नरैनापुर गाउँपालिकामा हालसम्म नाप नक्सा सुरु हुनसकेको छैन ।

आठ सय छ जनालाई लालपुर्जा वितरण भूमि समस्या

समाधान आयोग जिल्ला समिति बाँकेले हालसम्म ८०६ भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र अन्य अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरेको छ ।

कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकामा रहेका १२५ भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र ६८१ अन्य अव्यवस्थित बसोवासी गरी हालसम्म ८०६ जनालाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको अध्यक्ष खनालले बताए  ।

“सबैभन्दा धेरै कोहलपुर नगरपालिका वडा नं १ मा ५४० अव्यववस्थित बसोवासी र १०० भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिएको छ”, अध्यक्ष खनालले भने, “राप्तीसोनारी वडा नं ४ मा १४१ अव्यवस्थित बसोवासी र २५ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ ।”

कोहलपुर वडा नं १ मा ११७ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पुर्जाका लागि राजस्व बुझाउन सूचना जारी गरेकामा १०० जनाले राजस्व जम्मा गरी आएका थिए । त्यसैगरी ७२६ अव्यवस्थित बसोवासीलाई राजस्व जम्मा गर्न सूचना जारी गरेकामा ५४० जनाले राजस्व जम्मा गरेको अध्यक्ष खनालले जानकारी दिए ।

जग्गाधनी पुर्जाका लागि आवासमा मूल्याङ्कनको १० प्रतिशत र जमिनमा मूल्याङ्कनको पाँच प्रतिशत राजस्व जम्मा गर्नुपर्ने प्रावधान रहेको छ । राजस्व जम्मा गर्न सूचना जारी गरे पनि कतिपय सम्पर्कमा नआएको र कतिपयसँग राजस्व बुझाउने रुपैयाँसमेत नभएको पाइएको अध्यक्ष खनालको भनाइ छ ।

जग्गाधनी पुर्जा वितरणबाट हालसम्म कोहलपुर नगरपालिकाबाट पाँच करोड २७ लाख ४६ हजार ३१७ रुपैयाँ र राप्तीसोनारी गाउँपालिकाबाट ५१ लाख ८३ हजार ९९२ गरी जम्मा पाँच करोड ७९ लाख ३० हजार ३०९ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

कोहलपुर नगरपालिका–१ मा रहेका थप ८८२, बैजनाथ गाउँपालिका–७ का २२ र खजुरा गाउँपालिका–४ का ५० अव्यवस्थित बसोवासी र ३० जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई राजस्व जम्मा गर्न आयोगले सूचना प्रकाशित गरेको छ ।