११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

निसीखोलाका १२४ पूर्वाधारका आयोजना कार्यान्वयनमा

निसीखोलाका १२४ पूर्वाधारका आयोजना कार्यान्वयनमा
अ अ+ अ-

बागलुङ। बागलुङको सबैभन्दा पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा १२४ आयोजना कार्यान्वयनको अन्तिम चरणमा पुर्‍याइएकोे छ ।

आव २०८२/८३ का लागि निसीखोला गाउँपालिकामा बजेटअनुसार तयार गरिएको १७१ वटा पूर्वाधार विकासतर्फका आयोजना रहेकामा अहिलेसम्म १२४ आयोजना सम्झौता भएर कार्यान्वयनमा गएको हो ।

अहिलेसम्म ४७ वटा आोजना सम्पन्न भइसकेका निसीखोला गाउँपालिकाका सूचना अधिकारी डिलाराम बाँठा मगरले जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण कार्यान्वयनमा भएको ढिलाइ भएको भन्दै उहाँले विकास निर्माणका १७१ मध्ये १२४ भन्दाबढी आयोजना कार्यान्वयनमा गएका उल्लेख गर्नुभयो ।

गत माघ र फागुनमा विकास निर्माणका कामले गति लिन नसके पनि चैत लागेयता तीव्रता पाएको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरले जानकारी दिनुभयो । “धमाधम काम भइरहेका छन्, वडागत विनियोजन भएका विकास निर्माणका योजना कार्यान्वयनको चरणमा पुगेका छन् निसीखोला गाउँपालिकाले सीमित योजनामा अधिकतम प्रगति हासिल गरेको छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाको प्रशासनिक भवन अपुग भएकाले एक तला ट्रस्टको छानोसहित थपेर सेवालाई थप चुस्त बनाउँछौँ, गाउँपालिकाले ठूला ठेक्का पाँच वटा सडक स्तरोन्नति गरिरहेको छ, सेवा प्रवाहलाई चुस्त बनाउँदै बेरुजु घटाउँदै लगेको छ ।”

प्रमुख प्रशासकीय अधिकृत पुनका अनुसार कर्मचारीको समूहगत काम र जनप्रतिनिधिको सकारात्मक सल्लाहका कारण बेरुजु घटाउँदै लगेको जानकारी दिनुभयो । सात वटा वडामा चारदेखि १५ वटा आयोजनाली तीव्रता पाएका उहाँले बताउनुभयो ।

उहाँका अनुसार वडागत रूपमा विकासका आयोजना उल्लेखनीय रूपमा अगाडि बढेका छन् ।  वडा नं ६ मा दुई वटा आयोजना सम्पन्न भएका छन् भने वडा नं ७ मा १५ वटा आयोजनाले तीव्रता पाएका उहाँले जानकारी दिनुभयो । पालिकास्तरका दुई ठूला आयोजनाबाहेक अधिकांश वडाको आवश्यकताअनुसार तय गरिएकाले कार्यान्वयन प्रभावकारी भएको पुनमगरको भनाइ छ ।

गाउँपालिकाले समयमै आयोजना सम्झौता र सम्पन्न गर्ने लक्ष्य लिएको छ । समयमै काम सम्पन्न गरी अनुगमनपछि भुक्तानी गर्दा बेरुजु घटाउन मद्दत पुगेको पुनले बताउनुभयो । गाउँपालिकाले गत आवमा रु सात करोड बेरुजु रकम घटाएको उहाँले जानकारी दिनुभयो । “गत वर्ष सात करोड बेरुजु घटाइयो, चालु आवमा एक करोड १० लाख बेरुजु घटाइसकिएको छ, कार्यालय व्यवस्थापन, कर्मचारीको कार्यसम्पादनका आधारमा बेरुजु घटाउन  सहयोग मिलेको छ”, प्रमुख प्रशासकीय अधिकृत पुनमगरले भन्नुभयो, “बिल भरपाईको पुनःमूल्याङ्कन, समस्या परेका आयोजनाको अनुगमन गर्दा बेरुजु घटाउन सहयोग पुग्छ, अहिले बेरुजु बढ्न नदिने हाम्रो नीति छ ।”

गाउँपालिकाले विकास आयोजनामा उपभोक्ता समितिलाई अभिमुखीकरण गरी कामलाई पारदर्शी बनाउने पहल थालेको छ । आवश्यक कागजात पूरा गर्ने र लागतअनुसार काम गर्ने बानीको विकास हुँदै जाँदा बेरुजु पनि घट्दै गएको पुनले बताउनुभयो । गाउँपालिकाको एक तला भवन थप्नका लागि रु ५० लाख विनियोजन गरिएको उहाँको भनाइ छ । यस्तै रिग ताल संरक्षणका लागि गाउँपालिकाले रु ५० लाख विनियोजन गरिएको छ ।  रासस