११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलनः बौद्धिक मानचित्रमा स्थापित गर्ने प्रयास

बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलनः बौद्धिक मानचित्रमा स्थापित गर्ने प्रयास
अ अ+ अ-

कर्णाली। मध्यपश्चिम विश्वविद्यालयमा सञ्चालन भएको ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन–२०२६’ सम्पन्न भएको छ ।

यही वैशाख ११ गतेदेखि सुरु भएको उक्त सम्मेलनमा कर्णालीलाई सम्भावनाको बौद्धिक मानचित्रका रूपमा स्थापित गर्ने प्रयास थालिएको हो ।

अनुसन्धान संस्कृति, शैक्षिक संवाद र सरोकार भएका निकायबीचको साझेदारीलाई एउटै राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चमा ल्याउनु सम्मेलनको महत्त्पूर्ण उपलब्धि भएको मध्यपश्चिम विश्वविद्यालय अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक एवं सम्मेलन व्यवस्थापन समितिका संयोजक डा यदुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाली डायस्पोरासँग बलियो र नियमित सहकार्य गर्न ‘डायस्पोरा सम्पर्क कार्यालय’ स्थापना, कर्णालीको समृद्ध जैविक विविधताको उपयोग गर्न ‘डिजिटल हर्बेरियम तथा वेलनेस पर्यटन पहल’ सुरु, सांस्कृतिक तथा भाषिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि स्थानीय भाषामा एआई उपकरणको विकास, विश्वविद्यालयहरूलाई वातावरणमैत्री बनाउन ‘हरित क्याम्पस रोडम्याप’ कार्यान्वयन गर्ने, प्रगति अनुगमन तथा नतिजा सुनिश्चित गर्न बलियो अनुगमन तथा मूल्याङ्कन प्रणाली स्थापना गर्नेलगायत निष्कर्ष निकालिएको छ ।

त्यस्तै, विश्वविद्यालयका योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा विष्णुकुमार खड्काले सम्मेलनमा भएका छलफल ठोस प्रतिबद्धतामा रुपान्तरण गर्ने महत्त्वपूर्ण कदम भएको बताउनुभयो । उहाँले मानवीय मूल्यद्वारा निर्देशित प्रविधि, विभिन्न क्षेत्रबीचको सहकार्य र स्थानीय बुद्धिमत्तासँग मिल्ने विश्वव्यापी ज्ञानबाट मात्र वास्तविक प्रगति हुन सक्ने सम्मेलनले देखाएको जनाउनुभयो । उहाँका अनुसार सम्मेलनमा उठान भएका मुद्दाहरूको प्रभावकारी कार्यान्वयनका लागि व्यवहारिक कार्यमा ध्यान दिनुपर्छ ।

सम्मेलनबाट आएको एउटा स्पष्ट सन्देश ‘डिजिटल विभाजनको विरोधाभास’ ठहर गर्दै भनिएको छ, “हामी डिजिटल उपकरण प्रयोग गर्न चाहन्छौँ । तर, दुर्गम क्षेत्रका नागरिक पछाडि नपरुन् भन्ने सुनिश्चित गर्नुपर्छ । डिजिटल प्रगतिले असमानता बढाउनु होइन, घटाउनुपर्छ । नयाँ विचार एवं दृढ सङ्कल्पसहित अगाडि बढ्नुपर्छ । कर्णालीलाई सम्मेलन मात्र होइन, निरन्तर सहकार्य, लगानी र व्यवहारिक कार्य आवश्यक छ ।”

उक्त सम्मेलनले विशेषगरी ज्ञान, मानवीय मूल्य, एआईको स्थानीय एवं व्यवहारिक प्रयोग, उद्यमशीलता, अनुसन्धान, मूल्याङ्कन प्रणाली, कृत्रिम बुद्धिमत्ता, डिजिटल तथा आर्थिक रुपान्तरणमा प्रवासीको भूमिकालगायत नीतिमा जोड दिएको सम्मेलन व्यवस्थापन समितिका संयोजक डा ज्ञवालीले उल्लेख गर्नुभयो ।

मूलतः अन्तरराष्ट्रिय अनुसन्धान सञ्जाल, नीति सिफारिस र ज्ञान केन्द्रका रूपमा कर्णालीको पुनस्र्थापना हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।  रासस