११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

दाङमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने

दाङमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने
अ अ+ अ-

दाङ। दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ ।

सङ्कटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले पहिलो पटक लमही नगरपालिका-५ स्थित जैविक विविधता पार्कमा यही वैशाख १८ र १९ गते उत्सव हुने भएको हो ।

अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र काठमाडौँस्थित ‘प्रकृतिका साथीहरू’ संस्थाको संयुक्त आयोजनामा लाटोकोसेरो उत्सव हुन थालेको हो । किसानको साथीका रूपमा चिनिने लाटोकोसेरोको संरक्षणमा जनचेतना फैलाउने उद्देश्यले दाङमा पहिलो पटक उत्सवको आयोजना गरिएको प्रकृतिका साथी संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय लाटोकोसेरोको अवैध व्यापार र चोरीसिकारी बढ्दै जाँदा यसको अस्तित्व सङ्कटमा परेको छ ।

लाटोकोसेरोसँगै समग्र चरा तथा वन्यजन्तु संरक्षणको सन्देश पु¥याउने, स्थानीय समुदायलाई वातावरणप्रति जिम्मेवार बनाउने र जैविक विविधताको महत्वबारे जानकारी गराउने उद्देश्यले यसअघि धादिङ, चितवन, नवलपरासी, गोर्खा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङलगायत जिल्लामा यो उत्सव गरिएको संस्थाका निर्देशक आचार्यले बताउनुभयो ।

उत्सवले लाटोकोसेरोसम्बन्धी स्थानीय नागरिकलाई ज्ञानसँगै संरक्षणमा सहयोग पु¥याउने अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीका अध्यक्ष पवन शर्मा रिजालले बताउनुभयो । ठूला र बूढा रुखको कटानी, परम्परागत घर संरचनाको कमी तथा आधुनिक निर्माण शैलीका कारण यसले सुरक्षित बासस्थान पाउन कठिन भएको उहाँको भनाइ छ ।

दुई दिनसम्म सञ्चालन हुने उत्सवमा विभिन्न आकर्षक कार्यक्रम सञ्चालन गरिने छन् । पहिलो दिन चरा अवलोकन, लाटोकोसेरोसम्बन्धी अस्थायी लघु म्युजियम, रोबोट प्रदर्शनी तथा श्रव्यदृश्य सामग्रीको प्रस्तुति राखिन छ । दोस्रो दिन संरक्षण, संस्कृति र लाटोकोसेरोसँग सम्बन्धित सामग्रीको प्रदर्शनी गरिने आयोजकले जनाएको छ । यसका साथै स्थानीय थारू, मगर, गुरुङ, कुमाललगायत समुदायका सांस्कृतिक नृत्य, भजन तथा लोपोन्मुख स्थानीय खेल प्रतियोगिता आयोजना गरिनेछ ।

उत्सवलाई थप आकर्षक बनाउन नेपालको सबैभन्दा ठूलो लाटोकोसेरोको मास्कोटसमेत प्रदर्शन गरिने तयारी गरिएको छ । कानुनी रूपमा लाटोकोसेरोको सिकार वा किनबेच गर्न पाइँदैन । यदि कसैले यस्तो गरेमा रु २५ हजारदेखि ५० हजारसम्म जरिवाना वा छ महिनादेखि एक वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ ।

नेपालमा तराईदेखि हिमालसम्म लाटोकोसेरो पाइने भए पनि यसको यकीन सङ्ख्या उपलब्ध छैन । विश्वभर २३ प्रकारका लाटोकोसेरो पाइने अभिलेख छ भने नेपालमा करिब ८८६ प्रजातिका चरामध्ये ३९ प्रजाति लोपोन्मुख अवस्थामा रहेका वन उपभोक्ता समूहका अध्यक्ष रिजालले जानकारी दिनुभयो ।

सोअवसरमा स्थानीय संरक्षण पुरस्कारअन्तर्गत रासस दाङ फोटो पत्रकार कुलदीप न्यौपाने र कालिका सामुदायिक वन उपभोक्ता समूह राप्ती गाउँपालिका-२ देउखुरीलाई सम्मान गरिने भएको छ ।
—