१३ असार २०८३, शनिबार
,
Latest
अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय विदेश सचिव नेपाल आउँदै, प्रधानमन्त्रीलाई भारत भ्रमणका निमन्त्रणा दिइने



अ+ अ-

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री यसै साता नेपाल भ्रमणमा आउने भएका छन् । बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि दक्षिणी छिमेकी भारतबाट हुन लागेको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेपछि सो पार्टीका वरिष्ठ नेता शाह ठीक एक महिना अघि नेपालको प्रधानमन्त्री नियुक्त हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका थिए ।

त्यस लगत्तै भारतले नेपालका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता दिएको भए पनि भ्रमणको मिति भने तय भएको छैन । विदेश सचिव मिस्रीले नेपाल आएपछि नयाँ सरकारलाई बधाई सन्देश दिनुका साथै प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति टुङ्गो लगाउने बताइएको छ ।

विदेश सचिव मिस्रीले भारत भ्रमणमा रहेका नेपाली पत्रकार सविन धमला सहितसँग कुरा गर्दै मिस्रीले सम्भवत आगामी हप्ता भारतबाट एक उच्चस्तरीय अधिकारीको नेपाल भ्रमण हुनेछ र त्यसमा नेपालका प्रधानमन्त्रीको भारतका बारेमा पनि कुराकानी हुनेछ भनेका थिए । ती उच्चस्तरीय अधिकारी विदेश सचिव नै हुने निश्चित भए पनि उनी आउने यकिन मिति भने तय भएको छैन ।
साथै सो भेटका क्रममा नेपाल भारत उच्चस्तरीय भ्रमणका विषयमा नेपालका परराष्ट्रमन्त्रीसँग निरन्तर छलफल भइरहेको पनि उनले बताएका थिए ।

हालैमात्र पनि मोरिससमा आयोजित एक कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरका बीचमा पनि कुराकानी भएको थियो । उक्त भेटमा प्रधानमन्त्री शाहको भारत भ्रमणका विषयमा पनि कुराकानी भएको नेपाल फर्किएपछि मन्त्री खनालले जनाएका थिए ।