१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध उद्योगीहरुलाई अर्थमन्त्री वाग्लेको ढाडस– ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’ सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै अण्डाको मूल्य बढ्यो सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु लागूऔषधसहित काठमाडौँको गाङखेलबाट तीन जना पक्राउ खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आकाशमा बादल–अध्यारोले ढाक्यो काठमाडौं



अ+ अ-

काठमाडौं। आज काठमाडौंको आकाशमा बिहानैदेखि बादल लागेको छ र अध्यारोले पूरै ढाकेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

कोशी, वागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भेगका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

मधेश प्रदेश, वागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भेगमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा भने आज तातो दिन हुने सम्भावना छ ।

राति देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र अन्य क्षेत्रमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपात हुनसक्ने छ ।

मौसम विभागले मेघगर्जन र चट्याङ्गको सम्भावना रहेका क्षेत्रमा शतर्कता अपनाउन अनुरोध गरेको छ । लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो दिन हुने भएकाले शतर्क रहन सल्लाह दिइएको छ । –न्युज एजेन्सी नेपाल