२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल…
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा २० वर्षपछि पहिलो पटक स्थानीय निर्वाचनः देइर अल–बलाहमा मात्र मतदान सिमित



अ+ अ-

काठमाडौँ। प्यालेस्टिनीहरूले शनिवार गाजामा २० वर्षपछि पहिलो पटक स्थानीय निर्वाचनमा मतदान गरेका छन् । यद्यपि यो प्रक्रिया गाजाको मध्य क्षेत्रमा रहेको देइर अल–बलाह शहर र वेस्ट बैंकमा मात्र सिमित थियो ।

प्यालेस्टिनी केन्द्रिय निर्वाचन आयोगकाअनुसार देइर अल–बलाहमा साँझ ५ बजेसम्म र वेस्ट बैंकमा साँझ ७ बजेसम्म मतदान जारी रह्यो । आयोगले प्यालेस्टिनी क्षेत्रहरूमा करिव १.३ मिलियन मतदाता योग्य रहेको बताएको छ ।

जसमा देइर अल–बलाहका करिव ७० हजार मतदाता समावेश छन् । निर्वाचनले प्यालेस्टिनी क्षेत्रका १८३ स्थानीय निकायहरूलाई समेटेको छ ।

जम्मा १ सय ८३ स्थानीय निकायका लागि ३ सय २१ चुनावी सूचीहरू प्रतिष्पर्धामा छन्, जसमा ३ हजार ७ सय ७३ उम्मेदवारहरू नगरपालिका सिटका लागि र १ हजार ३ सय ५८ उम्मेदवारहरू गाउँ परिषदका लागि प्रतिष्पर्धा गरिरहेका छन् ।

देइर अल–बलाहमा चारवटा चुनावी सूचीहरू प्रतिष्पर्धामा छन् । प्रत्येक सूचीमा १५ उम्मेदवारहरू छन्, जसमा कम्तीमा चार जना महिला हुनु अनिवार्य गरिएको छ ।

सन् २००६ मा हमासले गाजाको नियन्त्रण लिएपछि त्यहाँ पहिलो पटक स्थानीय चुनाव भएको हो। राजनीतिक विभाजन र विभिन्न द्वन्द्वका कारण विगत २० वर्षदेखि निर्वाचन हुन सकेको थिएन । सिन्ह्वा/न्युज एजेन्सी नेपाल