२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पद्वारा इरानसँगको वार्ताका लागि अमेरिकी प्रतिनिधिहरूको पाकिस्तान भ्रमण रद्ध



डोनाल्ड ट्रम्प
अ+ अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानी पक्षसँग भेट्न पाकिस्तानको इस्लामावाद जान लागेका अमेरिकी प्रतिनिधिहरूको भ्रमण रद्ध गरेको घोषणा गर्नुभएको छ ।

ट्रम्पले भन्नुभयो, ‘तपाईंले सायद सुन्नुभयो होला कि हामीले भ्रमण रद्ध गरेका छौं । हामीसँग सबै परिस्थिति अनुकूल छ । पर्याप्त नभएको कागजात दिनका लागि जहाजमा १५ घण्टा बिताउँदै आउने–जाने गरिरहन हामी चाहँदैनौं ।

त्यसैले हामी टेलिफोनमार्फत कुरा गर्नेछौं, र उनीहरूले चाहेको बेला हामीलाई फोन गर्न सक्छन् । फेरि पनि भन्छु, हामीसँग सबै कुराको नियन्त्रण छ । उनीहरूसँग व्यावहारिक रूपमा कुनै सेना बाँकी छैन, उनीहरूसँग कुनै नेता बाँकी छैनन् । नेताहरू को हुन् भन्ने हामीलाई थाहा छैन । नेता को हो भनेर कसैलाई थाहा छैन, मलाई लाग्दैन कि उनीहरूलाई नै आफ्ना नेता को हुन् भन्ने थाहा छ । यो धेरै महत्वपूर्ण छ । त्यसैले तपाईंले त्यो देख्नुभयो ।’

यसअघि शनिवार ट्रम्पले फक्स न्युजलाई बताउनुभएको थियो कि उहाँले आफ्ना ज्वाइँ जेरेड कुश्नर र विशेष दूत स्टिभ विटकफको पाकिस्तान भ्रमण रद्ध गर्नुभएको छ ।

अन्तर्वार्तामा ट्रम्पले दाबी गर्नुभयो कि इरानसँगको द्वन्द्वमा अमेरिका बलियो स्थितिमा रहेकाले अमेरिकी प्रतिनिधिमण्डलले पाकिस्तानसम्म १८ घण्टाको उडान भर्नु उचित छैन । विटकफ र कुश्नर यस सप्ताहन्तमा अमेरिका–इरान वार्ताको दोस्रो चरणका लागि पाकिस्तान जाने कार्यक्रम थियो । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल