३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका



अ+ अ-

कञ्चनपुर। भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले ‘छोरीबुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति’ कार्यक्रम कार्यान्वयन गरेको छ ।

नगर क्षेत्रका जेहेन्दार, दलित, विपन्न वर्गका छोरीबुहारीलाई उच्च शिक्षा अध्ययनमा सघाउन नगरपालिकाले उक्त कार्यक्रम कार्यान्वयन गरेको हो ।

कार्यक्रमअन्तर्गत प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार एमबिबिएस अध्ययन गर्न दुई जनालाई जनही रु दुई लाख र इन्जिनियरिङ पढ्न तीन जनालाई जनही रु एक लाख छात्रवृत्तिस्वरुप प्रदान गरिनेछ ।

त्यसैगरी, नर्सिङ, फार्मेसी, विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकीलगायत अन्य सङ्कायमा अध्ययन गर्ने छ जना छात्रालाई जनही रु ५० हजार प्रदान गरिनेछ ।

“यो कार्यक्रमबाट आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ भएका छात्रालाई राहत पुग्ने हाम्रो विश्वास छ”, प्रमुख प्रशासकीय अधिकृत बमले भन्नुभयो, “विशेषगरी विवाहपछि उच्च शिक्षालाई निरन्तरता दिन चाहने छोरीबुहारीका लागि यो उपयोगी हुनेछ ।” रासस