२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा एक सुइरोमा आधारित नेपाली व्ल्याक टि टेस्टिङ् महोत्सव



अ+ अ-

चीन(लिचुवान ) :नेपाली राजदूतावासको पहलमा चीनको हुवेइ प्रदेशको लिचुवान शहरमा वैशाख ११ गते साँझमा नेपालको एक सुइरोमा आधारित अर्थोडक्स व्ल्याक टि टेस्टिङ् गरिएको छ ।

चीनद्वारा मार्च २४,२५ र २६ अर्थात् वैशाख ११,१२ र १३ गते गरी जम्मा ३ दिनसम्म सञ्चालन भइरहेको अन्तराष्ट्रिय स्तरको पहिलो एशिया-अफ्रिका व्ल्याक टि एक्सचेन्ज महोत्सवमा नेपालले पनि भाग लिएको हो । पहिलो दिन २०० जनाभन्दा बढी राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्तित्वहरुको सहभागीतामा अतिथि स्वागतको सन्दर्भमा नेपालको व्ल्याक टि टेस्टिङ् गरिएको थियो ।

चीन सहित ५ वटा देशको चिया चखाउने कार्यक्रम रहेकोमा नेपालको चिया उच्च गुणस्तरको रहेको सहभागीहरुले बताएको नेपाली चिया प्रवर्द्धक रोशन पोख्रेलले बताएका छन् । कार्यक्रमको आयोजना चीनको चिया उद्योग कमिटी एशोसिएसन, बेल्ट एण्ड रोड इनोभेटिभ संस्था तथा चीन सरकारको संयुक्त आयोजनामा गरिएको जनाइएको छ ।

महोत्सवमा व्ल्याक टि अन्तर्गत पर्ने कुनै एक चियाको प्रतिनिधित्व गराउनुपर्नेमा नेपालको तर्फवाट सन् २०२४ मा इलाममा उत्पादित एक सुइरो अर्थात पात बिनाको मुनाबाट बनाइएको सुनौलो रंगको कालो चियावर्गमा पर्ने चिया उपलब्ध गराइएको थियो ।

महोत्सवको उद्घाटन सत्रमा भाग लिँदै राजदूतावासकी इकोनोमिक मिनिस्टर पार्वती अर्यालले नेपालको चियाको विस्तृत प्रस्तुतिकरण दिएकी थिइन् । उनले नेपालको चिया १५०० फिटदेखि ७००० फिट उचाईसम्म उत्पादन हुने, अर्गानिक र अर्थोडक्स चिया मापदण्डको पालना गरी उत्पादन गरिने र उच्च एण्टिअक्सिडेन्ट क्षमता रहेकोले विश्व बजारले नेपालको चियाप्रति चासो बढाउँदै गएको तथ्य प्रस्तुत गरेकी थिइन् । साथै प्रस्तुतिकरणमा नेपालको चिया रुचाउने अन्तराष्ट्रिय चिया पारखीहरुमा स्वाद र स्वास्थ्य प्रतिको सजगताका साथै हिमाल र जैविक विविधता संरक्षणप्रतिको संवेदनशिलता, चिया किसान र महिला प्रतिको उच्च सम्मानभाव रहेको भन्दै कृतज्ञता व्यक्त गरेकी थिइन् ।

अर्यालले चीनको प्राचिन अवधारणा वमोजिम नेपालको चिया बगैंचा इलाम हुँदै विश्वशान्ति बगैंचा लुम्विनी भ्रमण गर्ने “टि हर्स रुट” विकास र पुनर्जागरण गर्न सकेमा चिया र विश्व शान्तिको सम्बन्ध संसारले अवलोकन गर्नसक्ने सम्भावना ‌औंल्याएकी थिइन् । ‌ वैश्विक दिगो विकासको लागि चिया उत्पादन,चियाको ‍औद्योगिकीकरण , चिया विविधिकरण, चियामा नवीन प्रविधि र नवप्रवर्तनको महत्वपूर्ण योगदान रहन सक्ने उनको ठम्याइ थियो ।

उनले नेपाल र चीनको सम्बन्ध हिमाल, नदीनाला र आधुनिक सम्झौताले मात्र नभइ परम्परागत साझा चिया संस्कृति प्रवर्द्धन गर्न सकिएमा दुवै मुलुकका मानिसको मन-मनबीचको प्रगाढ सम्बन्ध बनाउन सकिने धारणा प्रस्तुत गरेकी थिइन् । उद्घाटन सत्रमा व्ल्याक टि प्रवर्द्धनको लागि टेलिभिजन, फोटो पत्रकार, अनलाईन मिडिया तथा लाइभ स्ट्रिममा काम गर्ने मोडेलहरु समेत सहभागी भएका थिए ।

चियाको सप्लाइ चेनमा किसानदेखि उद्योगपति तथा अन्तराष्ट्रिय चिया विज्ञहरु समेटिएको दृष्य प्रत्यक्ष प्रसारण गरिएको छ । उक्त सत्रको नेतृत्व चीनको अन्तराष्ट्रिय कृषि सहायता प्रवर्दधनका लागि चिया कमिटी एशोसिएसनका मानार्थ प्रेसिडेन्ट तथा चिनीया कृषि विज्ञान एकेडेमीका पूर्व प्रेसिडेन्ट चाइ हुछुद्वारा गरिएको थियो ।

उक्त वृहत महोत्सवमा चीनको लिचुवान व्ल्याक टिको चिया बगैंचा,चिया उद्योग र चिया पर्यटनलाई आपूर्ति शृङ्खलाको रुपमा राष्ट्रिय अन्तराष्ट्रिय प्रतिनिधिलाई स्थलगत अवलोकन समेत गराइएको छ । महोत्सवमा चीनको केन्द्र, प्रदेश र स्थानीय तीनै तहको नेतृत्व, उच्च सरकारी अधिकारीहरु तथा चीनका मुख्य चिया उत्पादन गर्ने प्रदेशका टि ग्रुपका होल्डिङ् कम्पनीहरुका उच्च व्यवस्थापकहरु समेत सहभागी रहेका छन् ।

महोत्सवमा कोरिया, चीन लगायतका मुलुकका चिया विज्ञ, प्रोफेसर तथा अनुसन्धानकर्ताहरु बीच व्ल्याक टि को विषयमा प्यानल छलफल समेत रहेको थियो । उक्त प्यानल छलफलमा चिया पिउने संस्कृति, चियाको विविधकरण, व्राण्डिङ्, अनुसन्धान र अन्तरराष्ट्रिय स्तरमा सहकार्य गर्नुपर्ने विषयमा ध्यान दिनुपर्ने कुरामा विज्ञहरुको एकमत रहेको थियो ।

महोत्वस अवधिमामा लिचुवान चियाबाट बनेको वैकल्पिक उत्पादन जस्तै:चियामा आधारित कोल्ड ड्रिंक, बट्टामा सुरक्षित कोल्ड टि, चियामा आधारित वाइन फ्याक्ट्री तथा टि टुरिजम रुट समेतको स्थलगत अवलोकन गराइने कार्यक्रम रहेको छ ।