• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

जम्मा ६५.४३ प्रतिशत मत: ५२ पदमध्ये २३ पदको परिणाम, १७ पदमा नेकपाकै विजय



काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका गरी ३७ जिल्लाका रिक्त ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनमा धमाधम मत परिणाम आउने क्रम जारी छ । सो निर्वाचनमा कुल ६५.४३ प्रतिशत मत खसेको छ । शनिबार राति अबेरसम्म ५२ पदमध्ये २३ पदको परिणाम आएको छ । जसअनुसार नेकपाले १७ पदमा विजय हासिल गरेको छ भने कांग्रेस ४ र समाजवादीले १ र राजपाले १ स्थानमा विजयी हासिल गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जिल्लाबाट मतपरिणाम आउनेक्रम सुरु भएको जानकारी दिए ।

प्रमुख आयुक्त थपलियाका अनुसार सबैभन्दा बढी ८५ प्रतिशत मत रौतहट र हुम्लामा खसेको छ । यस्तै सबैभन्दा कम १६.४ प्रतिशत मत रोल्पाको थवाङमा खसेको छ । आयोगका अनुसार उपनिर्वाचनमा ३७ जिल्लामा गरी ४ लाख ५४ हजार १ सय १४ मतदाता रहेकोमा जम्मा २ लाख ९७ हजार १ सय ३७ जनाले मात्रै मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचन भएको कास्की २ मा ७१ हजार ८ सय ७१, प्रदेशसभा सदस्यको निर्वाचन हुने भक्तपुरमा ४५ हजार १५, बागलुङमा ३५ हजार १ सय ८४ र दाङमा ६८ हजार ७ सय १९ मतदाता रहेका थिए ।

जसमध्ये प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा भएको उपनिर्वाचनमा ६५ प्रतिशत मत अर्थात् ४६ हजार ५ सय ३७ मत खसेको छ । यस्तै, प्रदेशसभा सदस्यका लागि मतदान भएको भक्तपुरमा ७० प्रतिशत मत अर्थात् ३१ हजार ६ सय ८२ मत खसेको छ । यसैगरी, बागलुङमा २१ हजार २ सय ९५ अर्थात् ६१ प्रतिशत मत खसेको छ । यस्तै, दाङमा ४५ हजार ७ सय १९ अर्थात् ६७ प्रतिशत मत खसेको आयोगले
जनाएको हो ।

यसैगरी, नगरपालिकातर्फ धरान उपमहानगरपालिकाका लागि भएको उपनिर्वाचनको मतदानमा ५९ प्रतिशत, फाल्गुनन्द गाउँपालिकामा ६६ प्रतिशत, मकालु गाउँपालिकामा ६५ प्रतिशत र पिपरा गाउँपालिकाको अध्यक्षका लागि भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा ८५ प्रतिशत मतदान भएको आयोगले जानकारी दिएको छ । उपनिर्वाचनमा राजनीतिक दल तथा स्वतन्त्र गरी ३ सय ३७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा सहभागी छन् ।

उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ ११, प्रदेशसभा सदस्यतर्फ १५ र स्थानीय तहका सदस्यका लागि २० वटा राजनीतिक दलले सहभागिता जनाएका छन् । प्रतिस्पर्धामा उत्रिएका कुल ३ सय ३७ जना उम्मेदवारमध्ये राजनीतिक दलतर्फ २ सय ५३ र स्वतन्त्र उम्मेदवार ८४ जना रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभातर्फ राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी जम्मा २१, प्रदेशसभा सदस्यतर्फ राजनीतिक दलका २९ र स्वतन्त्र १४ गरी ४३ र स्थानीय तहका सदस्यतर्फ राजनीतिक दलका २ सय १३ र स्वतन्त्र ६० गरी जम्मा २ सय ७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
उपनिर्वाचनका लागि ३७ जिल्लामा गरी २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका थिए ।

उप निर्वाचन २०७७

  • थवाङ–१ रोल्पा
  • कुमाख–५ सल्यान
  • पुर्नवास–३ कञ्चनपुर
  • सुन्दरबजार–२ लमजुङ
  • दक्षिणकाली–३ काठमाडांै
  • इन्द्रावती–८ सिन्धुपाल्चोक
  • बडीगाढ–२ बाग्लुङ
  • धुलिखेल–२ काभ्रेमा
  • साकेला–३ खोटाङमा
  • पौवादुम्ना–१ भोजपुर
  • साकेला–३ खोटाङमा
  • आदर्श–२ डोटी
  • रुरुक्षेत्र–६ गुल्मी
  • खाँदबारी–३ संखुवासभा
  • त्रिवेणी–१ बाजुरा
  • बुढीकाली–५ नवलपरासी (पूर्व)
  • सुर्नया–१ बैतडी
  • गढिमाई–२ रौतहट
  • खैरहनी–५ चितवन
  • हरिपुर्वा १ सर्लाही राजधानी दैनिकबाट