२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अगस्टमा ‘क्यास्पियन शिखर सम्मेलन’ गर्ने इरानको योजना



अ+ अ-

तेहरान। रुसका लागि इरानका राजदूत काजेम जलालीले इरानले जारी युद्धका बाबजुद सातौं क्यास्पियन शिखर सम्मेलन आयोजना गर्ने योजना बनाएको बताउनुभएको छ ।

“अहिले, हामी सम्मेलन गर्ने योजना बनाइरहेका छौँ र यदि परिस्थितिले अनुमति दियो भने कार्यक्रम निश्चित हुनेछ,” जलालीले भन्नुभयो ।

उहाँले भन्नुभयो, “इरान सरकारले यसै वर्षको अगस्ट १२ मा क्यास्पियन शिखर सम्मेलन आयोजना गर्ने योजना बनाएको छ, जुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका सर्वोच्च नेता मोजतबा खामेनीबिच बैठकको लागि पहिलो सम्भावित अवसर हुन सक्छ ।”

‘क्यास्पियन फाइभ’ भनिने रूस, अजरबैजान, इरान, कजाकस्तान र तुर्कमेनिस्तानसहित पाँच तटीय राज्य सदस्य रहेको यस क्षेत्रको क्यास्पियन फोरम एक उच्च-स्तरीय मञ्च हो । रासस/एएफपी