७ श्रावण २०८३, बिहीबार
,
Latest
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल आन्तरिक विवादमा जेलिएको काँग्रेस फुटको डिलमाः सभापति थापाको लचकता बिना एकता कठिन लागुऔषधसहित चार जना पक्राउ सुनचाँदीको मूल्य सामान्य वृद्धि विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई प्राधिकरणद्वारा १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति बाढीपहिराले सात जिल्लाका प्रमुख सडक अवरुद्ध नेपालगञ्जबाट चार लाख भारतीय रकमसहित एक जना पक्राउ काठमाडौंमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मविश्वास नै जितको मुख्य आधार : कप्तान पौडेल



अ+ अ-

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले युएईविरुद्धको खेलमा टोलीले देखाएको ‘क्यारेक्टर’ र आत्मविश्वास नै जितको मुख्य आधार रहेको बताएका छन् ।

खेलपछिको अन्तर्वार्तामा रोहितले पहिलो इनिङ्समा ब्याटिङ अपेक्षा अनुसार नभएको स्वीकार गरे । बलरहरूको प्रदर्शनबारे चर्चा गर्दै उनले सोमपाल कामीको स्पेललाई टर्निङ प्वाइन्ट मानेका छन् ।

वसिम र अक्षदीप नाथको बलियो साझेदारी तोड्न सोमपालले लिएको दुई विकेट नै खेलको निर्णायक मोड भएको उनको ठहर छ ।

टप अर्डरको ब्याटिङ फर्ममा देखिएको चुनौतीबारे रोहितले टोलीमा अहिले हेल्दी कम्पिटिसन रहेको बताए । सबैले राम्रो गरिरहेका र सिनियर खेलाडीको अनुभवलाई बिर्सिनु नहुने उनको भनाइ छ । पछिल्लो २–३ वर्षमा टोलीका लागि धेरै योगदान दिएको उनको भनाइ छ ।

लिग–२ को दबाबका बारेमा बोल्दै कप्तानले यसअघिको सफलता सम्झाए । ओमनसँगको आगामी खेलका बारेमा उनले ओमन राम्रो टिम भएकाले उनीहरूलाई हलुका रुपमा लिन नहुने बताए ।

कीर्तिपुरको मैदानमा सम्पन्न नेपाल र युएईबीचको खेलमा युएई ३७ रनले पराजित भयो । खेलपछि कुराकानी गर्दै युएईका कप्तानले हारको मुख्य कारण ब्याटिङको खराब प्रदर्शनलाई मानेका छन् ।

२ सय रनको चुनौती पछ्याउने क्रममा ब्याटिङमा देखिएको कमजोरीले टोलीलाई असफलता दिलाएको उनले स्वीकारे । खेलमा आफू र अक्षदीप राम्रो अवस्थामा रहे पनि त्यसपछि विकेट गुमाउनुले खेलको नतिजा बदलेको कप्तानले औंल्याए ।

कप्तानले नेपालको बलिङसँगै फिल्डिङको प्रशंसा गरे । युएई र नेपाल दुवै लिग–२ को तालिकामा समान अवस्थामा रहेकाले यसपछिका खेलहरू दुवै टोलीका लागि अत्यन्त महत्वपूर्ण रहेको छ ।

हारबाट निरास भएपनि टोली सकारात्मक पक्षहरूलाई बढाउँदै आगामी खेलहरूमा उत्कृष्ट पुनरागमन गर्ने कप्तानको भनाइ छ । –न्युज एजेन्सी नेपाल