३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसिसी विश्वकप क्रिकेटः युएईविरुद्ध नेपालले ‘ब्याटिङ’ गर्दै



अ+ अ-

काठमाडौँ। आजदेखि काठमाडौँमा सुरु भएको आइसिसी विश्वकप लिग-२ क्रिकेट प्रतियोगिताअन्तर्गत युएईविरुद्धको खेलमा नेपालले पहिला ‘ब्याटिङ’ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको ‘टस’मा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ‘बलिङ’ रोजेपछि नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो ।

नेपाल २० खेलमा पाँचमा जित, १३ मा हार र दुई खेलमा नतिजाविहीन हुँदै १२ अङ्कका साथ अङ्कतालिकाको सातौँ स्थानमा छ । युएई १० अङ्कका साथ अन्तिम स्थानमा छ ।

प्रतियोगितामा आठ टोली सहभागी छन् । नेपालले घरेलु मैदानको फाइदा उठाउँदै बलियो प्रदर्शन गर्ने लक्ष्य राखेको छ भने युएई पनि प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्ने तयारीमा छ । दुवै टोलीबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

नेपालको टोलीमा कुशल भुर्तेल, महमद आसिफ शेख (विकेटकिपर), भीम शार्की, कप्तान रोहितकुमार पौडेल, बसिर अहमद, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी छन् ।

त्यसैगरी, युएई टोलीमा आर्यंश शर्मा (विकेटकिपर), आदेब उस्मानी, मुहम्मद शाहदाद, हरप्रीत भाटिया, अशदीप नाथ, कप्तान मुहम्मद वसिम, सोहेल खान, खुझाइमा बिन तानविर, मुहम्मद जुबैयर, जुनैद सिद्दिकी र मुहम्मद जवादुल्लाह छन् । रासस