१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेड चेयर पावेल विरुद्धको अनुसन्धान अन्त्य



अ+ अ-

काठमाडौँ। अमेरिकी न्याय विभागले शुक्रवार फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेललाई लक्षित गरी गरिएको विवादास्पद अनुसन्धान रोकेको छ । यससँगै सिनेटबाट केभिन वार्शलाई नयाँ फेड चेयरका रूपमा पुष्टि गर्ने बाटो खुलेको छ ।

‘मैले मेरो कार्यालयलाई अनुसन्धान बन्द गर्न निर्देशन दिएकी छु’ कोलम्बिया जिल्लाका लागि अमेरिकी अधिवक्ता जीनिन् पिरोले शुक्रवार सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

महानिरीक्षकले फेडरल रिजर्भले करदाताहरूलाई अर्बौं डलरको लागत ओभररन पु¥याएको विषयमा छानबिन गरिरहेका छन् । पिरोले थपिन्, ‘महानिरीक्षकसँग फेडरल रिजर्भलाई अमेरिकी करदाताप्रति जवाफदेही बनाउने अधिकार छ ।’

तर, उनले ‘यदि परिस्थिति र तथ्यहरूले माग गरेमा आपराधिक अनुसन्धान फेरि शुरु गर्न म हिचकिचाउने छैन’ भनी चेतावनी पनि दिइन् ।

ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले भने, ‘अमेरिकी करदाताहरू फेडरल रिजर्भको वित्तीय कुव्यवस्थापनको जवाफ पाउन योग्य छन्।’

यसअघि, जनवरीमा संघीय अभियोजकहरूले वाशिंगटनस्थित मुख्यालयको नवीकरण योजनामा पावेलको संलग्नताका सम्बन्धमा अनुसन्धान सुरु गरेका थिए । तर हालै मात्र एक संघीय न्यायाधीशले फेडरल रिजर्भलाई जारी गरिएको दुईवटा सबपोना (अदालती आदेश) रोकिदिएका थिए ।

न्यायाधीश जेम्स ई. बोसबर्गले आफ्नो मार्चको आदेशमा भनेका थिए, ‘यी सबपोनाहरूको उद्देश्य पावेललाई राष्ट्रपतिसामु झुक्याउन वा राजीनामा दिन बाध्य पारेर अर्को चेयर नियुक्त गर्ने वातावरण बनाउनु रहेको प्रस्ट प्रमाण छ ।’

पावेलको कार्यकाल १५ मे मा सकिँदैछ, तर उनले आफू उत्तराधिकारी पुष्टि नभएसम्म पदमा रहने बताएका छन् । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल