१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाको ९६ जना सैनिकलाई दज्र्यानी चिह्न प्रदान



अ+ अ-

भक्तपुर। भक्तपुरको सूर्यविनायकस्थित रणशेर गण सूर्यविनायक ब्यारेकमा आज नौ महिनाका सैन्य तालिम सम्पन्न गरेका ९६ जना सिपाहीलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

सूर्यविनायकस्थित ब्यारेकमा आयोजना गरिएको दज्र्यानी चिह्न प्रदान कार्यक्रममा ९६ सैन्यलाई सिनं १ बाहिनी अड्डाका बाहिनीपति सहायक रथि सुनिलसिंह राठौडले नेपाली सेनाको सैनिक पदको दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो ।

कार्यक्रममा उहाँले तालिमप्राप्त सिपाहीहरूले प्रदर्शन गरेको दलेल कवाज अवलोकन गर्नुभयो । उहाँले तालिममा सर्वोत्कृष्ट र उत्कृष्ट सैनिकलाई पुरस्कार प्रदान गर्नुभयो । उहाँले देश, जनता, राष्ट्र, राष्ट्रियताको रक्षाका लागि आफ्नो ज्यानको बाजी राखेर भए पनि सधैँ कटिबद्ध भएर लाग्न निर्देशन दिनुभयो । राष्ट्र, राष्ट्रियतालाई आफ्नो शिरमा राखेर देशप्रति बफादार भएर लाग्न निर्देशन दिनुभयो ।

कार्यक्रममा रणशेर गण सूर्यविनायक ब्यारेकका गणपति नीरजप्रताप जबराले नयाँ भर्ना भई यसै ब्यारेकमा नौ महनाको तालिम सम्पन्न गरी आजबाट नेपाली सैनिक जवानको रूपमा देश र जनताको रक्षाका लागि सदैव लाग्न आग्रह गर्नुभयो । रासस