११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

वडामा हुने घटना व्यवस्थापनका लागि आठ सय प्राथमिक उपचारकर्ता

वडामा हुने घटना व्यवस्थापनका लागि आठ सय प्राथमिक उपचारकर्ता
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडाभित्र हुने विभिन्न घटना व्यवस्थापन गर्न ८०० जना प्राथमिक उपचारकर्ता तयार गर्ने भएको छ ।

त्यसका लागि कामपाले ३२ वटै वडामा प्राथमिक उपचार तालिम सञ्चालन गरेर ८०० जना प्राथमिक उपचारकर्ता जनशक्ति तयार गरिरहेको जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखासँगको सहकार्यमा वडास्तरीय तालिम सञ्चालन भइरहेको कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वडा क्षेत्रभित्र हुने घटना व्यवस्थापन गर्न प्राथमिक उपचार तालिम प्रभावकारी हुनेछ ।” घटनाका प्रकृति फरक हुँदै गएको अवस्था विश्लेषण गर्दै सबै खालका घटनाको व्यवस्थापन गर्ने क्षमता विकास गराउने काम भइरहेको उहाँले बताउनुभयो ।

“रेडक्रसले आफूलाई होइन, अरुका लागि भन्ने सिकाउँछ”, कार्यवाहक प्रमुख डङ्गोलले भन्नुभयो, “प्राथमिक उपचार पनि अरुको सेवा गर्छु भनेर सिक्ने सीप हो । यो आफूलाई कम र अरुलाई धेरै काम लाग्छ ।” उहाँका अनुसार कामपाले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन समुदायस्तरीय स्वास्थ्य सचेतना, क्षमता विकाससहित प्रवर्द्धन केन्द्रमा प्रयोगशालासहितका सुविधा थालेको छ ।

स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले भन्नुभयो, “करदाताले तिरेको करलाई स्वास्थ्य सेवाको पहुँच र स्तरवृद्धि गर्नमा खर्च गरिरहेका छौँ । तालिममा सिकेको सीप घटना नभए पनि अभ्यास गरिरहनुपर्छ नत्र बिर्सेर आपत्का बेला काम नलाग्न सक्छ ।”

दक्ष प्राथमिक उपचारकर्ता उत्पादन गर्ने गुणस्तरीय दायित्वका रूपमा पूरा गर्ने रेडक्रस सोसाइटी काठमाडौँ शाखाका सभापति श्यामकाजी डोटेलले अहिलेको लगानी विपद्मा काम लाग्ने बताउनुभयो ।

“दुर्घटना, चोटपटक, अचानक बिरामी पर्ने अवस्थाजस्ता स्वास्थ्यजन्य आपत्कालीन परिस्थितिमा बिरामीलाई अस्पताल पुर्याउनुअघि अवस्था थप बिग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो । यसका लागि घटनास्थल वरपर जे सामान तथा वस्तु पाइन्छ, त्यसैलाई प्रयोग गरेर जीवन बचाउने तथा अवस्था थप बिग्रिन नदिने वा उपचारका लागि अस्पताल लैजाने विधि सिकाइन्छ”, उहाँले भन्नुभयो ।

यसमा दुर्घटनास्थलमा आफ्नो र घाइतेको सुरक्षा, घाइतेको अवस्था प्रारम्भिक जाँच, मुटुको धड्कन वा श्वासप्रश्वास बन्द भएको व्यक्तिलाई छाती थिचेर र कृत्रिम श्वास दिएर पुनर्जीवित गराउने विधि (सिपीआर), रक्तश्राव नियन्त्रण गर्ने तरिका सिकाइन्छ । शरीरबाट रगत बग्दा, नाकबाट रगत बग्दा नियन्त्रण गर्ने, हड्डी भाँचिएको वा मर्किएको थाहा पाउने विधि सिकाइन्छ । रासस